आफ्नै राशिफलः फागुन ८ गते, बुधबारको भाग्यफल

आफ्नै राशिफलः फागुन ८ गते, बुधबारको भाग्यफल

फागुन महिनाको ८ गते बुधबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ कृष्णपक्षको प्रतिपदा तिथि बेलुका ७।२८ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मघा नक्षत्र विहान ९।२० बजेसम्म रहनेछ । यसैगरी आज अतिगण्ड योग र बालव करण रहेको छ । यसैगरी आज सूर्योदय ६।३९ मा छ भने सूर्यास्त बेलुका ५।५७ बजे हुनेछ । चन्द्रमा आज सिंह राशिमा छन् । आजबाट फागुन कृष्णपक्षको आरम्भ भएको छ । चान्द्र महिना अनुसार आज फागुन कृष्णपक्षको प्रतिपदा तिथि हो । आजबाट क्रमशः चन्द्रमाको उज्यालो भाग घट्दै जान्छ ।

मेष राशीकाे लागि (नामकाे शुरुकाे अक्षर चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
कीर्ति लाभ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

बृष राशीकाे लागि (नामकाे शुरुकाे अक्षर इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
कार्यमा अवरोध रहनेछ, रोग बढ्नुका साथै शत्रु भय हुने देखिन्छ ।

मिथुन राशीकाे लागि ( नामकाे शुरुकाे अक्षरका, कि, कु, घ, ङ, छ, के, को, ह) 
कार्यलाभ हुनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट राशीकाे लागि ( नामकाे शुरुकाे अक्षरहि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आर्थिक लाभ हुनेछ, व्यापार बढ्नुकासाथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशीकाे लागि ( नामकाे शुरुकाे अक्षर मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
मीष्ठान्न प्राप्ति हुनेछ, आय बढ्नुका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

कन्या राशीकाे लागि (नामकाे शुरुकाे अक्षर टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहने देखिन्छ ।

तुला राशीकाे लागि (नामकाे शुरुकाे अक्षर र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

बृश्चिक राशीकाे लागि (नामकाे शुरुकाे अक्षर तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
आर्थिक उन्नति हुनेछ, कार्य प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

धनु राशीकाे लागि (नामकाे शुरुकाे अक्षर ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
पारिवारिक सुख मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

मकर राशीकाे लागि ( नामकाे शुरुकाे अक्षर भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
खर्चमा वृद्धि हुनेछ, शत्रु भयका साथै कार्यमा पनि अस्थिरता रहनेछ ।

कुम्भ राशीकाे लागि (नामकाे शुरुकाे अक्षर गु, गे, गो, सा, सि, सु, से, सो, द) 
भौतिक वस्तु लाभदायी रहनेछन्, व्यवसायमा वृद्धिका साथै मित्र सहयोग मिल्नेछ ।

मीन राशीकाे लागि (नामकाे शुरुकाे अक्षर दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
आय बढ्नेछ, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।