काठमाडौँ, ७ फागुन । थाइल्यान्डमा जारी आइसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तरगत आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ । मंगलबार भएको समुह चरणको आफ्नो पहिलो खेलमा नेपालले मलेसियालाई ३४ रनले पराजित गरेको हो ।
१ सय २७ रनको लक्ष्य पछ्याएको मलेसिया ७ विकेटको क्षतिमा ९२ रनमा समेटियो ।नेपालले मलेसियापछि दोस्रो खेलमा आयोजक थाईल्याण्डसंग फेब्रुवरी २१ मा खेल्नेछ । नेपालको लागि ओपनर सिता राना मगरले ४२ रन जोडिन । यस्तै कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रन बनाईन् । त्यसबाहेक काजोल श्रेष्ठले १६, इन्दु बर्माले १३ र नेरी थापाले ६ रन जोडिन ।
एसिया छनोटमा नेपालसहित ७ राष्ट्रले प्रतिस्पर्धा गर्ने छन् । छनोटमा नेपाल, थाइल्याण्ड, युएई, मलेसिया, कुवेत, चीन र हङकङ रहेका छन् ।