एजुकेशन एण्ड माइग्रेशन कर्नरको फेयरबाट बिधार्थीहरू लाभान्वित

एजुकेशन एण्ड माइग्रेशन कर्नरको फेयरबाट बिधार्थीहरू लाभान्वित

काठमाडौँ, ७ फागुन ।लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले काठमाण्डुमा आयोजना गरेको अष्ट्रेलियन एजुकेशन फेयरमा बिधार्थीहरूले राम्रै सहभागिता जनाएका छन । यो फेयर कर्नरको कार्यालय काठमाण्डौको शंकरदेब कलेज संगै रहेको माधवी टावरमा आयोजना भएको थियो । फ्रेबुअरी १७ र १८ तारेख दुई दिन यो फेयर भएको थियो ।

फेयरमा अष्ट्रेलियाका १० भन्दा बढी कलेज एबं यूनिर्भसिटीहरूको सहभागिता रहेको थियो  उच्च शिक्षा अध्यनका लागि अष्ट्रेलिया आउन चाहने बिधार्थीहरूका लागि यो फेयर लाभदायक भएको छ । एउटै छानामुनी हामीले शिक्षा सम्बन्धि जानकारी दिएका छौ । एजुकेशन एण्ड माइग्रेशन कर्नरका निर्देशक सुनिल उप्रेतीले भने । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको यो सस्थाले काठमाण्डू , हेटौडा पोखरा,चितवन,झापा लगायतका शहरहरूबाट बिधार्थीहरूलाई शिक्षा सम्बन्धि सेबा प्रदान गरिरहेको छ  हामीले यो फेयरबाट अष्ट्रेलियाको शिक्षा निती र अबस्थाका बारेमा राम्रो जानकारी पायौं फेयरमा सहभागि बिर्धार्थीहरूको प्रतिक्रिया थियो ।

फेयरमा सहभागि हुन आउने बिधार्थीहरूका लागि पनि कर्नरले बिभिन्न सुबिधाहरू प्रदान गरेको थियो । फेयरमा सहभागि हुनासाथ हरेक बिधार्थीहरूलाई २०० रूपैयाको सिम कार्ड प्रदान गरिएको थियो भने अष्ट्रेलिया अध्यन गर्न चाहने बिधार्थीहरूलाईलाई १० हजारसम्मको छात्रवृति उपलब्ध गराइने भएको छ । साथमा लक्की ड्र मार्फत बिभिन्न पुरस्कारहरू पनि प्रदान गरिएको थियो ।  हामी फेयरमा आउनु हुने बिधार्थीहरूलाई आफ्ना डकुमेण्डहरू साथमा ल्याउन अनुरोध गरेका थियौं , केही कलेज र यूनिर्भसीटीहरूले अष्ट्रेलियामा पढ्न आउन चाहने बिधार्थीहरूलाई तुरून्त अफर लेटर पनि दिएका थिए उप्रेतीले जानकारी दिए ।

पछील्लो समय उच्च शिक्षा अध्यनका लागि आकर्षकको गन्तब्य बनिरहेको अष्ट्रेलिया आउन चाहने नेपाली बिधार्थीहरूका लागि यो फेयर लाभदायक र जानकारीमूलक भएको दाबी गरिएको छ । फेयरमा ३ सय हाराहारीमा बिधार्थीहरूको सहभागिता रहेको थियो ।