नेपालले आज मलेसियासँग खेल्दै

 नेपालले आज मलेसियासँग खेल्दै

काठमाडौँ, ७ फागुन आइसिसि टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग खेल्दैछ । हिजोदेखि थाइल्यान्डमा सुरु भएको आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा नेपालले आज मलेसियासँग प्रतिस्पर्धा गर्न लागेको हो ।

थाइल्यान्डको बैँककस्थित तेर्दथाई क्रिकेट मैदानमा हुने खेलमा नेपाल स्पष्ट जितको खोजीमा रहनेछ । नेपालले आजको खेलमा मलेसियालाई पराजित गर्दै सुखद् सुरुवात गर्ने लक्ष्यमा छ ।

मलेसियाले भने आफ्नो पहिलो खेलमा हिजो कुवेतलाई ६३ रनले पराजित गरेको थियो । दोस्रो खेल २१ तारिखमा आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्ने नेपालले २२ तारिखमा यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग र अन्तिम खेलमा नेपाल कुवेतसँग २७ फेब्रुअरीमा खेल्नेछ ।