पति नरोत्तम गौतमबाट फेरि कुटिइन् कलाकार निरु खड्का

पति नरोत्तम गौतमबाट फेरि कुटिइन् कलाकार निरु खड्का

काठमाडौं । कलाकार निरु खड्काले कलाकारिता क्षेत्रमा लागेकै कारण पतिसँग बेलाबेला झगडा पर्ने गरेको बताउने गरेकी छिन् ।

पछिल्लो समय फेरि पनि पतिले कुटपिट गरेको बताएकी छिन् । उनले सो विषयलाई लुकाउन सकिनन् । निरुले पतिले आफूलाई कुटपिट गरेको स्वीकार गरेकी छिन् । कुटपिटको यो घटना नौलो भने होइन । उनीहरूका बीच बेलाबेला झगडा परेका कुराहरू आइरहन्छन् ।

झगडा कै कारण निरु र उनका पति नरोत्तम गौतमबीच पटक पटक डिभोर्ससम्म कुरा पुगी सकेका छन् ।

मेरी बास्सै, जिरे खुर्सानी जस्तो टेलिफिल्ममा अभिनय गरेकी निरु र उनका पति गौतमबीच धेरै पटक असमझदार हुँदा कुटपिटको घटना भएको बताइन्छ ।

त्यति मात्रै होइन झगडा पर्दा निरुले काठमाडौंमा रहेको दराज समेत फुटाउने गरेको स्वीकार गरेकी छिन् । लभ म्यारिज गरेकी निरुलाई छिमेकी र आमाको कुरा सुनेर हिंसा गर्ने गरेको आफन्तहरूको भनाइ छ ।