आफ्नै राशिफलः फागुन ६ गते, सोमबारको फलादेश

आफ्नै राशिफलः फागुन ६ गते, सोमबारको फलादेश

२०७५ साल फागुन ६ गते सोमबार। इश्वी सन् २०१९ फेब्रुवरी १८ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– चतुर्दशी, २४:१३ बजेउप्रान्त पूर्णिमा। नक्षत्र– तिष्य, १२:३९ बजेउप्रान्त अश्लेषा। योग– सौभाग्य, १५:०९ बजेउप्रान्त शोभन। करण– गर, १३:२३ बजेदेखि वणिज, २४:१३ बजेउप्रान्त भद्रा। आनन्दादिमा धाता योग। चन्द्रराशि– कर्कट। काठमाडौंमा सूर्योदय– ६:४१ बजे, सूर्यास्त– १७:५६ बजे र दिनमान २८ घडी ०६ पला। श्री पशुपतिनाथको छाया दर्शन।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

कार्य अवरोध, खर्च बढ्नुका साथै स्वास्थ्यमा प्रतिकुलता रहन सक्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

व्यवसायमा वृद्धि हुनेछ, धना लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मीष्ठान्न प्राप्तिको योग देखिन्छ, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

शत्रु भय रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुनसक्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

व्यपारमा वृद्धि हुनेछ, मित्र लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

आर्थिक लाभ हुनेछ, श्रविृद्धिका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

भौतिक वस्तु लाभदायी रहनेछन्, कार्य उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

शारीरिक आलश्यता रहनेछ, कार्य अवरोधका साथै मनमा द्विविधा उत्पन्न हुनसक्ने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

व्यवसायमा वृद्धि हुनेछ, कीर्ति लाभका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

जलीय पदार्थ लाभदायी रहनेछन्, आय बढ्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

पारिवारिक सुख मिल्नेछ, धन प्राप्तिका साथै कार्यमा सफलता मिल्ने देखिन्छ ।