आफ्नै साप्ताहिक राशिफलः फागुन ५ देखि ११ गतेसम्मको भाग्याफल

आफ्नै साप्ताहिक राशिफलः फागुन ५ देखि ११ गतेसम्मको भाग्याफल

फागुन महिनाको ५ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको त्रयोदशी तिथि विहान राति २:३२ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । पुनर्वसु नक्षत्र दिवा २:१३ बजेसम्म रहनेछ । यसैगरी आज आयुष्मान योग र कौलव करण रहेको छ । यसैगरी आज सूर्योदय ६:४२ मा छ भने सूर्यास्त बेलुका ५:५५ बजे हुनेछ ।
चन्द्रमा आज मिथुन राशिमा छन् । आज प्रदोषव्रत परेको छ । आजको सन्ध्याकालीन समय दोषयुक्त रहने भएकाले शिवजीकोे मात्र उपासना शुभ रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मेष राशिका लागि साताको उत्तराद्र्ध विशेष लाभदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा पनि वृद्धि हुने देखिन्छ । मंगलबारबाट कार्यमा सुधार हुँदै जानेछ । धन बढ्नुका साथै रोजगारीका अवसर पनि मिल्ने देखिन्छ । सामाजिक कार्यमा रुचि जाग्नेछ । आय आर्जनका अवसर प्राप्त हुनेछन् । अध्ययनमा पनि उल्लेख्य प्रगति हुने देखिन्छ ।

 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
वृष राशिका लागि साता अर्थकरी रहनेछ । व्यवसायमा वृद्धि हुनेछ । पारिवारिक सुख मिल्नुका साथै अध्ययन अध्यापनका कार्य पनि फलदायी रहनेछन् । धार्मिक क्षेत्रमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्ने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । बुध र बिहीबार भने खर्च बढ्नुका साथै कार्यमा अस्थिरता रहने देखिन्छ ।

 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिथुन राशिका लागि साता फलदायी रहनेछ । आर्थिक लाभका योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नेछ । व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । प्रेममा सफलता मिल्नेछ । बिहीबारबाट भने कार्यमा अवरोधका आउन सक्ने देखिन्छ । स्वास्थ्यमा पनि प्रतिकूलताका साथै शत्रु पक्ष पनि सबल रहने भएकाले साताको उत्तराद्र्धमा सजग रहनु नै उत्तम हुने देखिन्छ ।

 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कर्कट राशिका लागि साता वृद्धिदायी रहनेछ । कार्यमा सफलता हात पर्नुका साथै सामाजिक मान सम्मान पनि प्राप्त हुने देखिन्छ । व्यापारमा वृद्धि हुनेछ । विद्याको क्षेत्र बलवान देखिन्छ । अध्ययनमा रुचि जाग्नेछ । भौतिक वस्तु विशेष लाभदायी रहनेछन् । स्वास्थ्य सबल रहनेछ । कीर्ति वृद्धिकाक साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सिंह राशिका लागि साता मिश्रित फलदायी रहनेछ । सोचेका काम पूरा हुनेछन् । रोजगारीका क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । मित्रजनबाट सरसहयोग प्राप्त हुनुका साथै कार्यलाभका योग देखिन्छन् । अध्ययनमा सफलता हात पर्नेछ । मंगल र बुधबार भने खर्चबढ्नुका साथै कार्यमा कठिनाइ रहनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कन्या राशिका लागि साताको पूर्वाद्र्ध विशेष फलदायी रहनेछ । आर्थिक वृद्धि हुनुका साथै कार्य क्षेत्रमा पनि सफलता मिल्नेछ । व्यवसायबाट लाभ हुने देखिन्छ । विद्याको क्षेत्र मध्यम फलदायी रहनेछ । प्रेममा सफलता मिल्नुका साथै लाभका योग पनि देखिन्छन् । मंगल र बुधबार भने कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहने देखिन्छ ।

 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
तुला राशिका लागि साता फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । धातुबाट विशेष लाभ रहनेछ । यात्राका सुअवसर प्राप्त हुनेछन् । पराक्रम बढ्नुका साथै भौतिक क्षेत्रबाट विशेष लाभ देखिन्छ । व्यवसायमा बृद्धिका साथै कार्यमा प्रगति हुने देखिन्छ । बिहीबारबाट भने कार्यमा अवरोध रहने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वृश्चिक राशिका लागि यो साता लाभदायी रहनेछ । कार्यलाभका विशेष योग देखिन्छन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नेछ । धनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा उन्नति हुनुका साथै आयमा वृद्धि हुने देखिन्छ । अध्ययन अध्यापनमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । पारिवारिक सुखका साथै मित्र सहयोग प्राप्त हुने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धनु राशिका लागि यो साता मध्यम फलदायी रहनेछ । सोचेका काम बन्ने छन् । मित्र सहयोग मिल्नुका साथै धन वृद्धि हुने देखिन्छ । व्यापारमा उन्नति हुनेछ । शत्रु पराजित रहनुका साथै कार्यलाभ हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै मित्रलाभ हुनेछ । सोम र मंगलबार भने स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मकर राशिका लागि साता उन्नतिकारक रहनेछ । पराक्रम बढ्नुका साथै कार्यमा सफलता हात पर्ने देखिन्छ । मित्र सहयोग प्राप्त हुनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आमदानीका स्रोत बढ्नेछन् । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । जलीय पदार्थ लाभदायी रहनेछन् । अध्ययनमा रुचि जाग्नुका साथै यात्राका योग पनि देखिन्छन् । मंगल र बुधबार भने कार्यमा अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकुलता रहनसक्नेछ ।

 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
कुम्भ राशिका लागि साता कार्यदायी रहनेछ । पराक्रम बढ्नेछ । मित्र सहयोग प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुने देखिन्छ । सामाजिक कार्यमा विशेष अभिरुचि रहनेछ । मान सम्मानका योग पनि देखिन्छन् । अध्ययनमा पनि प्रगति हुदै जानेछ । कर्म बलवान् देखिन्छ । बिहीबारबाट भने शत्रु भय रहनुका साथै कार्यमा अवरोध आउने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मीन राशिका निम्ति साता सबल रहनेछ । धन प्राप्तिका योग देखिन्छन् । आय बढ्नुका साथै पारिवारिक सुख प्राप्त हुनेछ । पारिवारिक साथ सहयोेग मिल्नुका साथै भौगोकि परिभ्रमणका योग पनि प्राप्त हुनेछन् । अध्ययनमा रुचि जाग्नुका साथै कार्यमा प्रगति हुनेछ । व्यवसायको क्षेत्र फलदायी रहने देखिन्छ । प्रेम जीवन पनि सुखद् रहने देखिन्छ ।