आफ्नै राशिफलः फागुन ४ गते, शनिबारको फलादेश

आफ्नै राशिफलः फागुन ४ गते, शनिबारको फलादेश

फागुन महिनाको ४ गते शनिबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ ।  इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वादशी, २८:४३ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– आर्द्रा, १५:३५ बजेउप्रान्त पुनर्वशु। योग– प्रीति, २१:०८ बजेउप्रान्त आयुष्मान्। करण– वव, १७:४४ बजेदेखि वालव, २८:४३ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५४ बजे र दिनमान २७ घडी ५९ पला। वैष्णवहरूको भीमा एकादशी व्रत।

भीष्म द्वादशी। वटुमाघयात्रा। सन्याडुली। त्रिपुष्कर योग १५:३५ देखि २८:४३ बजेसम्म। वि.सं. २०७५ साल फागुन ४ गते। शनिबार। इश्वी सन् २०१९ फेब्रुवरी १६ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३९ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– द्वादशी, २८:४३ बजेउप्रान्त त्रयोदशी। नक्षत्र– आर्द्रा, १५:३५ बजेउप्रान्त पुनर्वशु। योग– प्रीति, २१:०८ बजेउप्रान्त आयुष्मान्। करण– वव, १७:४४ बजेदेखि वालव, २८:४३ बजेउप्रान्त कौलव। आनन्दादिमा मुद्गर योग। चन्द्रराशि– मिथुन। काठमाडौंमा सूर्योदय– ६:४३ बजे, सूर्यास्त– १७:५४ बजे र दिनमान २७ घडी ५९ पला। वैष्णवहरूको भीमा एकादशी व्रत। भीष्म द्वादशी। वटुमाघयात्रा। सन्याडुली। त्रिपुष्कर योग १५:३५ देखि २८:४३ बजेसम्म।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
कीर्ति लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
मित्र सुख, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
श्रीवृद्धि, प्रिय लाभका साथै रमाइलो दिन रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कार्य अवरोध, मित्र हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहन सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आय बढ्ने, द्रव्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
कीर्ति लाभ, धन प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
पराक्रम बढ्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
शत्रु सबल रहनेछन्, आर्थिक अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
कीर्ति लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
सामाजिक कार्यमा रुचि जाग्नेछ, द्रव्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
कार्य लाभ, श्रीवृद्धिका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
खर्चमा वृद्धि हुनेछ, कार्य व्यवधानका साथै स्वास्थ्यमा अस्थिरता रहनेछ ।