

काठमाडौं, ३ फागुन ।हिरो गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र म्यानमारबीच प्रतिस्पर्धा हुँदैछ ।
भारतको उडिसास्थित कालिङ्गा रंगशालामा हुने खेल नेपाली समय अनुसार सवा ६ बजे सुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टिम पहिलो पटक उपाधि भित्राउने लक्ष्यमा रहेको छ । दक्षिण एसियाली फुटलबमा सधै उपाधिका लागि तगारो बन्दै आएको भारतलाई समुह चरणमै पराजित गरेपछि नेपालले फाईनलमा म्यानमारलाई प्रतिद्वन्दीको रुपमा पाएको हो । समुह चरणको पहिलो खेलमा नेपाल म्यानमारसँग ३–० गोल अन्तरले पराजित भएको थियो । लिग चरणको सुरुवाती खेलमा ब्यहोरेको हारको बदला लिने अवसर समेत नेपाललाई प्राप्त छ ।
विश्व वरियतामा नेपाल भन्दा निकै माथि रहेको म्यानमारलाई हराउँदै महिला फुटबलको ईतिहासमा उपाधि जित्ने अवसर महिला टोलीलाई छ । फिफा वरियतामा नेपाल १०८ स्थानमा रहँदा म्यानमार ४४ औँ स्थानमा रहेको छ ।