

फागुन महिनाको ३ गते शुक्रबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् ।
शिशिर ऋतु अन्तर्गत माघ शुक्लपक्षको दशमी तिथि विहान ८।२३ बजेसम्म रहनेछ । यो महिनाका देवता गोविन्द र मासदेवी धात्री हुन् । सूर्य कुम्भ राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मृगशिरा नक्षत्र बेलुका ५।३१ बजेसम्म रहनेछ । यसैगरी आज विष्कुम्भ योग र वणिज करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४४ मा छ भने सूर्यास्त बेलुका ५।५४ बजे हुनेछ ।
चन्द्रमा आज मिथुन राशिमा छन् । आज शल्य दशमी तिथि हो । यसैगरी आज स्मर्तका निम्ति भीमा एकादशी व्रत पनि अजै परेको छ । वैष्णव सम्प्रदायका निम्ति भने भीमा एकादशीको व्रत भोलि रहनेछ । एकादशी भगवान् विष्णुको प्रिय दिन हो । एकादशीको व्रतवस्नाले इहलोकको भुक्तिका साथै परलोकमा पनि मुक्ति मिल्ने शास्त्रीय वचन पाइन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कान्तिवृद्धि हुनेछ, मित्र लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
व्यवसायमा सफलता मिल्नेछ, आय बढ्नुका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मीष्ठान्न प्राप्तिको योग छ, धन प्राप्तिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै दिन संघर्षमय रहने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मनमा प्रशन्नता रहनेछ, विद्या लाभका साथै कार्यमा उन्नति हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा सफलता मिल्नेछ, धन प्राप्तिका साथै दिन प्रेमिल रहनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
धार्मिक कार्यमा रुचि जाग्नेछ, मित्र लाभका साथै अध्ययनमा मन जानेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कार्यमा अवरोध रहनेछ, मित्र हानिका साथै आर्थिक अस्थिरता रहनसक्ने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पराक्रम बढ्नेछ, श्रीवृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
द्रव्यलाभ, आर्थिक उन्नतिका साथै धातुजन्य वस्तुबाट लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
कार्यमा अवरोध रहनेछ, स्वास्थ्यमा प्रतिकूलताका साथै मनमा अस्थिरता रहने देखिन्छ ।