डा. गोविन्द केसीले अनसन तोडे

डा. गोविन्द केसीले अनसन तोडे

२९ पुस, काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । शुक्रबार राति सरकारसँग ५ बुँदे सहमति भएपछि डा. केसीले शनिबार बिहान १० बजे अनसन तोडेका हुन् ।

डा .केसीका माग सम्बोधनका लागि स्वास्थ्यमन्त्री दीपक बोहोराले शुक्रबार मध्यरात पाँचबुँदे सहमति पत्रमा हस्ताक्षर गरेपछि डा. केसीले अनशन तोड्ने निधो गरेका थिए।

डा. केसीको माग अनुसार एक साताभित्र चिकित्सा शिक्षा आयोग गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीनमा जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिनेछ।