

धनगढी, २ फागुन । धनगढीमा जारी तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) मा सिवाईसी अत्तरियाले दोस्रो जित हात पारेको छ ।
आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित हात पारेको हो । फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बसन्त रेग्मीको रुपन्देही २० ओभरमा अलआउट हुँदै ८२ रनमै समेटियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनाएको थियो । जितसंगै अत्तरिया २ खेलबाट ४ अंक जोडेको छ ।