कञ्चनपुरमा १८ किलो सुन बरामद

कञ्चनपुरमा १८ किलो सुन बरामद

कञ्चनपुर, २ फागुन । सुन बरामदका घटनाहरुमा फेरि अर्को घटना थपिएको छ, कञ्चनपुरमा १८ केजी सुन बरामदको । कञ्चनपुरको पुनर्बास–२ बाट प्रहरीले १८ किलो सुन बरामद गरेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको संयुक्त टोलीले पुनर्वास नगरपालिका–२, दशरथ बस्तीस्थित भरत बिकको घरबाट १८ किलो सुन बरामद गरेको हो।

पुनर्वासमा अवैध सुन आइपुगेको सूचना पाएपछि खटिएको प्रहरीकोे संयुक्त टोलीले १०८ वटा सुनका टुक्रा बरामद गरेको सीआईबीका एसपी सुदीप गिरीले जानकारी दिए। उनका अनुसार सुनका १०८ वटा टुक्राको तौल १८ किलो रहेको छ। सुनसहित पक्राउ परेका व्यक्तिहरुबारे प्रहरीले केही खुलाएको छैन।