ओली सरकारको एक वर्ष पूरा

ओली सरकारको एक वर्ष पूरा

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यभार सम्हालेको आज एक वर्ष पूरा भएको छ । ओली संविधान जारी भएयता एक वर्षे कार्यकाल पूरा गर्ने पहिलो प्रधानमन्त्री बन्न सफल हुनु भएको छ ।

तत्कालीन माओवादी केन्द्रको समेत समर्थनमा ओलीलाई २०७४ साल फागुन ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदमा नियुक्त गर्नु भएको थियो । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएर नेकपा गठनपछि ओली नेतृत्वको सरकार बनेको हो ।

प्रधानमन्त्रीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आफ्नो सम्वोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने तयारी गर्नु भएको छ ।