प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै, एक वर्षे उपलब्धि सार्वजनिक गर्ने

प्रधानमन्त्रीले राष्ट्रको नाममा सम्बोधन गर्दै, एक वर्षे उपलब्धि सार्वजनिक गर्ने

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्वोधन गर्नुहुने भएको छ । सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री ओलीले सम्वोधन गर्न लाग्नु भएको उहाँको निजी सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले दिउँसो ४ बजे सिंहदरबारबाट देशबासीको नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । आफ्नो सम्वोधनमा ओलीले सरकारको एक वर्षको कार्यकालको समीक्षा गर्नुका साथै भावी कार्ययोजनाका बारेमा समेत प्रष्ट पार्ने तयारी गर्नु भएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले आज ललितपुरको एकान्तकुनामा नेपाल पानी जहाज कार्यालयको उद्घाटन गर्दैछन्। देशका मुख्य नदीहरुमा पानी जहाज चलाउने योजना अनुसार औपचारिकरुपमा कार्यालय स्थापना गर्न लागिएको हो।

यसैगरी राष्ट्रिय सभागृहमा जनताको जलविद्युत आयोजना कार्यक्रमको उद्घाटन पनि गर्ने छन्।