आफ्नै राशिफलः फागुन २ गते, बिहीबारको फलादेश

आफ्नै राशिफलः फागुन २ गते, बिहीबारको फलादेश

फागुन महिनाको २ गते बिहीबार । तदनुसार ई. सं. २०१९ फेब्रुवरी १४ तारिख, आजको चाडपर्व र उत्सव : द्रोण नवमी, बैतडी गुजरमा बनारसी पूजा, आजको मूहुर्त : शुभविवाह, रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), कलशचक्र, माघ शुक्लपक्षको नवमी तिथि, बिहान ०९:४३ बजेसम्म, त्यसपछि दशमी तिथि, रोहिणी नक्षत्र, साँझ ०५:२५ बजेसम्म, त्यसपछि मृगशिरा नक्षत्र, आजको चन्द्रमा बृष राशिमा, मध्यरात्रीपछि ०५:०४ बजेसम्म, त्यसपछि मिथुन राशिमा, वैधृति योग, मध्यरात्रीपछि ०२:१४ बजेसम्म, त्यसपछि विष्कुम्भ योग, सुरुमा कौलव करण बिहान ०९:४४ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०९:०३ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४५ बजे र सूर्यास्त : साँझ ०५:५२ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४२ देखि ०३:०५ सम्म, यमघण्ट : बिहान ०६:४५ देखि ०८:०९ सम्म, गुलिक काल : बिहान ०९:३२ देखि १०:५५ सम्म ।

आजको वारवेला :– शुभ वारवेला : बिहान ०६:४५ देखि ०८:०९ सम्म, साँझ ०४:२८ देखि ०७:२९ सम्म र मध्यरात्रीपछि ०५:०९ देखि ०६:४५ सम्म, अमृत वारवेला : दिउँसो ०१:४२ देखि ०३:०५ सम्म र बेलुका ०७:२९ देखि ०९:०५ सम्म, चर वारवेला : दिउँसो १०:५५ देखि १२:१९ सम्म र बेलुका ०९:०५ देखि १०:४२ सम्म, रोग वारवेला : बिहान ०८:०९ देखि ०९:३२ सम्म र बेलुका १०:४२ देखि १२:१९ सम्म, काल वारवेला : दिउँसो ०३:०५ देखि ०४:२९ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५५ सम्म, लाभ वारवेला : दिउँसो १२:१९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:५५ देखि ०३:३२ सम्म, उद्वेग वारवेला : बिहान ०९:३२ देखि १०:५५ सम्म र मध्यरात्रीपछि ०३:३२ देखि ०५:०९ सम्म, आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पूर्व र दक्षिण दिशाको तथा स्त्रीको नेतृत्वमा उत्तर र पश्चिम दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने दही खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।  यस दिन माधवनारायणको विशेष पूजा हुने गर्दछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मीष्ठान्न प्राप्तिको योग देखिन्छ, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
खर्चमा वृद्धि हुनेछ, कार्य अवरोधका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
व्यवसायमा वृद्धि हुनेछ, धन प्राप्तिका साथै मनमा प्रशन्नता छाउनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
व्यवसायमा वृद्धि हुनेछ, मित्र लाभका साथै धार्मिक कार्यमा रुचि जाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आर्थिक पक्ष सबल रहनेछ, कार्य लाभका साथै बौद्धिका कार्यमा दिन व्यतित हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मनमा उत्साह छाउँनेछ, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायमा वृद्धि हुनेछ, धन लाभका साथै साहित्यिका क्षेत्रमा मन जानेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रियलाभ हुनेछ, मित्र सुखका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
खर्चमा वृद्धि हुन सक्नेछ, स्वास्थ्य प्रतिकूल रहनुका साथै बोलीमा विकार रहनसक्ने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक वस्तु लाभदायी रहनेछन्, आर्थिक उन्नतिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।