एजुकेशन एण्ड माइग्रेशन कर्नरले फेयर गर्ने

एजुकेशन एण्ड माइग्रेशन कर्नरले फेयर गर्ने

-राजन घिमिरे-

लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय एजुकेशन एण्ड माइग्रेसन कर्नरले काठमाण्डुमा अष्ट्रेलियन एजुकेशन फेयरको आयोजना गर्ने भएको छ । यो फेयर कर्नरको कार्यालय काठमाण्डौको शंकरदेब कलेज संगै रहेको माधवी टावरमा आयोजना हुने छ । फ्रेबुअरी १७ र १८ तारेख दुई दिन यो फेयर हुने भएको कुरा आयोजकले बताइएको छ ।

फेयरमा अष्ट्रेलियाका १० भन्दा बढी कलेज एबं यूनिर्भसिटीहरूको सहभागिता रहने भएको छ -‘ उच्च शिक्षा अध्यनका लागि अष्ट्रेलिया आउन चाहने बिधार्थीहरूका लागि यो फेयर लाभदायक हुने छ । एउटै छानामुनी हामी शिक्षा सम्बन्धि जानकारी दिने छौ -‘ एजुकेशन एण्ड माइग्रेशन कर्नरका निर्देशक सुनिल उप्रेतीले भने । अष्ट्रेलियाको सिड्नीमा केन्द्रीय कार्यालय रहेको यो सस्थाले काठमाण्डू , हेटौडा पोखरा,चितवन,झापा लगायतका शहरहरूबाट बिधार्थीहरूलाई शिक्षा सम्बन्धि सेबा प्रदान गरिरहेको छ ।

फेयरमा सहभागि हुन आउने बिधार्थीहरूका लागि पनि कर्नरले बिभिन्न सुबिधाहरू प्रदान गर्ने भएको छ । फेयरमा सहभागि हुनासाथ हरेक बिधार्थीहरूलाई २०० रूपैयाको सिम कार्ड प्रदान गरिने भएको छ भने अष्ट्रेलिया अध्यन गर्न चाहने बिधार्थीहरूलाईलाई १० हजारसम्मको छात्रवृति उपलब्ध गराइने भएको छ । साथमा लक्की ड्र मार्फत बिभिन्न पुरस्कारहरू पनि प्रदान गरिने कार्यक्रम रहेको छ -‘ हामी फेयरमा आउनु हुने बिधार्थीहरूलाई आफ्ना डकुमेण्डहरू साथमा ल्याउन अनुरोध गर्दछौं , किन भने केही कलेज र यूनिर्भसीटीहरूले अष्ट्रेलियामा पढ्न आउन चाहने बिधार्थीहरूलाई तुरून्त अफर लेटर पनि दिने छन -‘ उप्रेतीले जानकारी दिए ।

पछील्लो समय उच्च शिक्षा अध्यनका लागि आकर्षकको गन्तब्य बनिरहेको अष्ट्रेलिया आउन चाहने नेपाली बिधार्थीहरूका लागि यो फेयर लाभदायक र जानकारीमूलक हुने कुरा दाबी गरिएको छ ।