काठमाडौं, १ फागुन ।निजामती सेवा र स्वास्थ्य सेवाका कर्मचारीको उमेर हद फरक–फरक तोकिएको छ ।
सरकारी तलवभत्ता खाने कर्मचारीको एउटै उमेर हद बनाउन लामो समयदेखि प्रयास हुँदै आए पनि अहिले आएर एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीको सेवा अवधिको उमेर हद फरक फरक तोकिएको भन्दै आलोचना पनि भएको छ । लोक सेवा आयोगले सरकारलाई सबै कर्मचारीको अवकाशको उमेर हद ६० वर्ष कायम गर्न सुझाव दिए पनि त्यो सुझावविपरीत संघीय निजामती सेवा विधेयक तयार भएको प्रशासनविद् डाक्टर भिमदेब भट्टले बताउनुभयो ।
संघीय निजामती सेवा विधेयकमा साविकको जस्तै निजामती सेवाका कर्मचारीको अनिवार्य अवकाशको उमेर ५८ तोकिएको छ । निजामती सेवा मातहत ल्याइएको स्वास्थ्य सेवाका कर्मचारीको उमेर हद भने ६० वर्ष छ ।