

काठमाडौं, १ फागुन । वर्तमान सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।
मुख्य सचिव लोकदर्शन रेग्मीकाआनुसार भोलि अपराह्न ४ बजे सिंहदरबारस्थित ग्यालरी बैठक अगाडिबाट सम्बोधनको कार्यक्रम राखिएको छ ।
सम्बोधनमार्फत् प्रधानमन्त्रीले सरकारले एक वर्षमा गरेका कामबारे जानकारी गराउनु हुने छ ।नेकपा संसदीय दलका नेता ओली गत वर्ष फागुन ३ गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो ।