राशिफलः  २०७५ फागुन महिनाभरीको आफ्नै भाग्याफल

राशिफलः  २०७५ फागुन महिनाभरीको आफ्नै भाग्याफल

फागुन महिनाको १ गते बुधबार ।  तदनुसार ई. सं. २०१९ फेब्रुवरी १३ तारिख, आजको चाडपर्व र उत्सव : बुधाष्टमी व्रत, गोरखकाली पूजा, भीष्माष्टमी, फाल्गुन संक्रान्ति, आजको मूहुर्त : शुभविवाह, कलशचक्र, माघ शुक्लपक्षको अष्टमी तिथि, दिउँसो १०:४१ बजेसम्म, त्यसपछि नवमी तिथि, कृतिका नक्षत्र, साँझ ०५:५२ बजेसम्म, त्यसपछि रोहिणी नक्षत्र, आजको चन्द्रमा बृष राशिमा (अहोरात्र व्याप्त), ऐन्द्र योग, मध्यरात्रीपछि ०४:२७ बजेसम्म, त्यसपछि वैधृति योग, सुरुमा बब करण दिउँसो १०:४१ बजेसम्म, त्यसपछि बालब करण बेलुका १०:१३ बजेसम्म, अन्तिममा कौलव करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४६ बजे र सूर्यास्त : साँझ ०५:५१ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १२:१९ देखि ०१:४२ सम्म, यमघण्ट : बिहान ०८:०९ देखि ०९:३२ सम्म, गुलिक काल : दिउँसो १०:५६ देखि १२:१९ सम्म,

आजको वारवेला :– लाभ वारवेला : बिहान ०६:४६ देखि ०८:०९ सम्म, साँझ ०४:२८ देखि ०७:२८ सम्म र मध्यरात्रीपछि ०५:१० देखि ०६:४६ सम्म, उद्वेग वारवेला : दिउँसो ०१:४२ देखि ०३:०५ सम्म र बेलुका ०७:२८ देखि ०९:०५ सम्म, शुभ वारवेला : दिउँसो १०:५६ देखि १२:१९ सम्म र बेलुका ०९:०५ देखि १०:४२ सम्म, अमृत वारवेला : बिहान ०८:०९ देखि ०९:३२ सम्म र बेलुका १०:४२ देखि १२:१९ सम्च र वारवेला : दिउँसो ०३:०५ देखि ०४:२८ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५६ सम्म, रोग वारवेला : दिउँसो १२:१९ देखि ०१:४२ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३२ सम्म, काल वारवेला : बिहान ०९:३२ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३२ देखि ०५:१० सम्म, आजको दिनलाई भीष्माष्टमीव्रत पनि भनिन्छ । आज गरिएको व्रत शुभ फलदायी रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
फागुन महिना लाभदायी रहनेछ । कार्य प्राप्तिका साथै पदोन्नतिका अवसर पनि मिल्नेछन् । आर्थिक उन्नति हुनेछ । कार्यमा सफलता मिल्नेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । व्यवसायमा वृद्धि हुनेछ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि रहनेछ । मित्र सहयोग प्राप्त हुनुका साथै कार्य लाभका योग देखिन्छन् । पारिवारिक सुख मिल्नेछ । शत्रु पक्ष भने सबल रहनेछन् । कार्यमा सजगता अपनाउनु नै उचित हुनेछ । स्वास्थ्यमा पनि उतार चढाब रहनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
फागुन कार्यदायी रहनेछ । कार्य गर्ने अवसर प्रशस्त मिल्नेछन् । व्यवसायमा वृद्धि हुनेछ । प्रेम जीवन सफल र सुखद रहनेछ । शत्रु पक्ष सबल रहे पनि जीत आफ्नो पक्षमा हुने देखिन्छ । आर्थिक लाभका योग देखिन्छन् । वाणिज्य क्षेत्रबाट विशेष उन्नति हुनेछ । पारिवारिक साथ सहयोग मिल्नेछ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य प्रगति हुने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । आमदानीका स्रोत बढ्नुका साथै कार्य गर्ने उत्साह मनमा जागृत हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
महिना मिश्रित फलदायी रहनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । पराक्रम बढ्नेछ । कला मनोरञ्जनमा विशेष लगाव रहने देखिन्छ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । यात्राको विशेष योग देखिन्छन् । अध्ययनमा रुचि जाग्नुका साथै विद्या क्षेत्रमा सफलता हातपर्ने देखिन्छ । परिवारको साथ सहयोग मिल्नेछ । बोलीमा ओज रहे पनि कार्यान्वयनको पक्ष फितलो रहने देखिन्छ । शत्रु क्षेत्र सबल रहने भएकाले सजग रहनु नै उत्तम हुनेछ । स्वास्थ्यको क्षेत्र मध्यम रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
महिना मध्यम फलदायी रहनेछ । कार्यमा केही विलम्ब हुनसक्ने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र भने फलदायी रहनेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । मित्रप्रतिको विश्वास कार्य सम्मपन्नताका लागि कच्चा हुन सक्नेछ । शत्रु पक्ष पनि सबल रहनक्ने छन् । भौतिकवस्तु भने लाभदायी रहने देखिन्छ । कार्यमा उन्नति हुने देखिन्छ । प्रेममा सफलता मिल्नेछ । सामाजिक कार्यमा मन जानेछ । स्वास्थ्यमा सजग रहनु नै उत्तम हुने देखिन्छ । गणेशजीको उपासना शुभफलदायी रहनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
यो महिना यात्रामयी रहनेछ । आर्थिक उन्नतिका साथै नयाँ कार्य प्राप्तिको योग पनि देखिन्छ । धनको क्षेत्र सबल रहनेछ । पदोन्नतिका अवसर पनि प्राप्त हुने छन् । बोलीको विशेष प्रभाव रहनेछ । धनको क्षेत्र सबल रहे पनि खर्चमा भने वृद्धि हुनसक्ने देखिन्छ । यात्राका सुखद् अवसर प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मित्र सहयोग प्राप्त हुनुका साथै पदोन्नतिका अवसर पनि मिल्ने देखिन्छ । स्वास्थ्यको क्षेत्र सबल रहने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
यो महिना लाभदायी रहनेछ । सामाजिक कार्यमा रुचि जाग्नेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । प्रेम जीवन सुखद् रहनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । कृषि कर्ममा मन जानेछ । नयाँ कार्य प्राप्तिका योग पनि देखिन्छन् । पारिवारिक साथ सहयोगले महिना सुखद् रहनेछ । प्रेममा सफलता प्राप्त हुनुका साथै व्यापार व्यवसायमा पनि वृद्धि हुनेछ । भौतिक वस्तु लाभदायी रहनेछन् । सुखद् यात्राका योग पनि देखिन्छन् ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
महिना मध्यम फलदायी रहनेछ । कार्य प्राप्तिका योग देखिन्छन् । सोचेका काम बन्नेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुने देखिन्छ । श्रीवृद्धिका साथै कार्य प्राप्तिको योग पनि देखिन्छ । मित्रजनबाट सुख मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढ्नुका साथै मनमा उत्साह छाउनेछ । अध्ययन अध्यापनका क्षेत्रमा प्रगति हुने देखिन्छ । शत्रु पक्ष सबल रहनुका साथै कार्यमा व्यवधान खडा गर्न सक्नेछन् । स्वास्थ्यको क्षेत्रमा सजग रहनु उपयुक्त हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
मिश्रित फलदायी रहनेछ । खर्चमा वृद्धि हुनुसक्ने देखिन्छ । कलाका क्षेत्रमा विशेष रुचि जाग्नेछ । यात्राका अवसरहरू पनि प्राप्त हुनेछन् । भूधन लाभदायी रहनेछ । कार्य लाभका साथै सामाजिक मान प्रतिष्ठा पनि प्राप्त हुने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्र मध्यम फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । शत्रु पक्ष सबल रहनेछन् । कार्यमा अस्थिरता रहनुका साथै बोलीमा पनि विकार रहनसक्नेछ । प्रेम जीवन मध्यम रहनेछ । धातुजन्य वस्तु हानिकारक रहन सक्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
यो महिना वृद्धिदायी रहनेछ । आफन्तजनबाट साथ सहयोग मिल्नेछ । आमदानीका स्रोत बढ्नेछन् । अध्ययन अध्यापनको क्षेत्र सबल रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै कार्य लाभको योग देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राका अवसर पनि मिल्नेछन् । प्रेम जीवन सुखद् रहनेछ । पारिवारिक साथ सहयोग प्राप्त हुनुका साथै नयाँ कार्य गर्ने उत्साह मनमा छाउनेछ । कर्म क्षेत्र बलवान् देखिन्छ । व्यवसायमा उन्नति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
महिना मिश्रित फलदायी रहनेछ । व्यापार व्यवसाय मध्यम फलदायी रहने देखिन्छ । प्राज्ञिक कार्यमा उन्नति हुनेछ । मित्र जनबाट साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । आफन्त एवं परिवारजनबाट पनि विशेष लाभ हुनेछ । सामाजिक कार्यमा रुचि जाग्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छन् । कर्म क्षेत्र बलवान् छ । शत्रु पक्ष भने सबल रहनेछन् । स्वास्थ्यमा प्रतिकूलता रहने भएकाले शीतजन्य वस्तुको प्रयोगमा सजगता अपनाउनु शुभ रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
फागुन महिना यात्रादायी रहनेछ । कर्मप्राप्तिका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । प्रेम जीवन सुखद् रहनेछ । पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ । मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । स्वास्थ्यको क्षेत्र मध्यम छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । सामाजिक कार्यमका विशेष रुचि जाग्नेछ । विद्याबाट लाभ हुनेछ । जलीय पदार्थ विशेष लाभदायी रहनेछन् । धार्मिक कार्यमा पनि मन जानेछ । दुर्गा भगवतीको उपासना यो महिना लाभदायी रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
यो महिना खर्चिलो रहनसक्ने देखिन्छ । भौतिक वस्तु लाभदायी रहनेछन् । कार्यमा उन्नति प्रगति हुने देखिन्छ । सामाजिक क्षेत्रबाट मान सम्मान मिल्नेछ । मित्र जनको साथ सहयोग मिल्नुका साथै पारिवारिक सुख पनि प्राप्त हुनेछ । प्रेम जीवन सुखद् रहने देखिन्छ । अध्ययन अध्यापनको क्षेत्रबाट पनि लाभ हुनेछ । सन्तान सुखका साथै व्यापार व्यवसायबाट पनि लाभ हुने देखिन्छ । बोलीमा भने विकार रहनसक्नेछ । महिनाको उत्तराद्र्धमा स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै कार्यमा अस्थिरता पनि रहनसक्ने देखिन्छ ।