

काठमाडौं, २९ माघ । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेवि संघ)को कार्यसमिति भंग गर्ने निर्णय गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ ।
यसअघि नेविसंघका अध्यक्ष नैनसिंह महरले सोमबार राजीनामा गरेका थिए भने महामन्त्री लगायतले केही समय अघि ७ जना पदाधिकारीले राजीनामा दिएका थिए ।