काठमाडौँ, २९ माघ । मधेस केन्द्रित संघीय समाजवादी नेपाल र राष्ट्रिय जनता पार्टी महाधिवेशनको तयारीमा जुटेका छन् । दुवै दल अहिले पार्टीको संगठन भएका जिल्लामा साधारण र सक्रिय सदस्यता वितरणमा लागेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।
अशोक राई नेतृत्वको संघीय समाजवादी पार्टी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनाधिकार फोरम मिलेर बनेको संघीय समाजवादी फोरम र मधेसकेन्द्रित ६ दल मिलेर बनेको राजपा दुवैले पहिलो महाधिवेशन गर्ने मिति घोषणा गरेर तयारी गरिरहेका छन् । राजपाले ७–९ वैशाख र फोरमले २८–३० वैशाखमा केन्द्रीय महाधिवेशनको मिति तय गरेका छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकबाट लिएका हौं ।