१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने

१० हजार कर्मचारीले स्वैच्छिक अवकाश लिने

काठमाडौं। निजामती कर्मचारीलाई स्वैच्छिक अवकाशको अवसर दिएपछि करिब १० हजार कर्मचारीले जागिर छोड्ने सम्भावना देखिएको छ। सरकारले स्वैच्छिक अवकाशको तयारी गरे पछि ८ देखि १० हजार कर्मचारीले निवृत्तिभरणको सुविधा लिने सम्भावना देखिएको नेपाल निजामती कर्मचारी संगठनका वरिष्ठ उपाध्यक्ष लेखनाथ कोइरालाले बताए।

निजामती कर्मचारीले एकमुष्ठ रकम पाउँदा राज्यलाई करोडौं व्ययभार पर्ने आकलन गरिएको छ।  अाजकाे नेपाल समाचारपत्रमा खबर छ ।

सरकारी सेवामा ५० बर्ष उमेर पुगेका र २० बर्ष सेवा अवधि पार गरेका कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था छ।