आफ्नै राशिफलः यो वर्ष माघको अन्तिम दिन २९ गतेको भाग्यफल

आफ्नै राशिफलः यो वर्ष माघको अन्तिम दिन २९ गतेको भाग्यफल

यो वर्ष माघको अन्तिम दिन २९ गते मंगलबार । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको सप्तमी तिथि विहान ११:४ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । भरणी नक्षत्र बेलुका ५:५४ बजेसम्म रहनेछ । आज शुक्ल योग र भद्रा करण रहेको छ । यसैगरी आज सूर्योदय ६:४७ मा छ भने सूर्यास्त बेलुका ५:५१ बजे हुनेछ ।
चन्द्रमा आज मेष राशिमा छन् । आज अचला सप्तमी तिथि हो । माघ शुक्ल सप्तमीलाई रथसप्तमी पनि भनिन्छ । आज सूर्य भगवान्को उपासना शुभ रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै सुखद् यात्राको योग देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 
शत्रु भय हुनेछ, कार्य हानिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 
व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै भौतिक वस्तु लाभदायी रहनेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
कार्य लाभ हुनेछ, धन वृद्धिका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
सामाजिक कार्यमा रुचि जाग्नेछ, धन लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 
शत्रुभय रहनेछ, कार्य अवरोधका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 
अध्ययनमा रुचि जाग्नेछ, कार्य उन्नतिका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 
धार्मिक कार्यमा रुचि जाग्नेछ, कीर्ति लाभका साथै मनमा उत्साह छाउनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 
सुखद् यात्राका योग देखिन्छन्, कार्य उन्नतिका साथै व्यवसायमा उन्नति हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 
आर्थिक अपव्यय, कार्य हानिका साथै मनमा अस्थिरता रहने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 
पराक्रम बढ्नेछ, धन लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 
श्रीवृद्धि, कार्य लाभका साथै अध्ययनमा रुचि जाग्नेछ ।