फेरि बन्द हुनसक्ने अमेरिकाको सरकारी कामकाज

फेरि बन्द हुनसक्ने अमेरिकाको सरकारी कामकाज

काठमाडौँ, २८ माघ ।अमेरिकामा पुनः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्स बीचको तनावका कारण पुन ः सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखा परेको हो ।यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्ष विहीन हुँदै आएका छन् । दुवै पक्षबीच भएका वार्तामा अहिलेसम्म कुनै निष्कर्ष निस्कन नसकेको आँकलन गरिएको छ ।

दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि यसअघि ३ साताका लागि स्थगन गरिएको खर्चबन्दी पुनः लम्बिन सक्ने चिन्ता बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।