आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

आइसिसी वरियतामा नेपाली खेलाडीको सुधार

काठमाडौँ, २८ माघ ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसिसी०ले आज सार्वजनिक गरेको टी ट्वान्टीको नयाँ वरियतामा राष्ट्रिय टोलीका कप्तान पारस खड्का, सोमपाल कामी र वसन्त रेग्मीले वरियता सुधार गरेका छन् ।

यसै महीना संयुक्त अरब इमिरेट्स (युएइ) मा सम्पन्न युएइविरुद्धको तीन खेलको टी ट्वान्टी सिरिजपछि नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान खड्का व्याटिङतर्फ छ स्थान सुधार गर्दै ९०औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना कप्तान खड्का ९६औँ स्थानमा थिए । त्यसैगरी अलराउन्डतर्फ कप्तान खड्का ४०औँ स्थानमा रहेका छन् । त्यस्तै नयाँ वरियताको बलिङतर्फ सोमपालले २३औँ स्थान सुधार गर्दै ७०औँ स्थानमा उक्लेका छन् । सोमपाल यसअघि ९३औँ स्थानमा थिए । सोमपाल अलराउण्डरतर्फ भने ५१औँ स्थानमा छन् ।

बलिङतर्फ वसन्त तीन स्थान सुधार गर्दै ७१औँ स्थानमा उक्लेका छन् । अघिल्लो महीना वसन्त ७४औँ स्थानमा थिए । नयाँ वरियताअनुसार ब्याटिङमा पाकिस्तानका बाबर आजम, बलिङमा अफगानिस्तानका राशिद खान र अलराउन्डरतर्फ अष्ट्रेलियाका ग्लेन म्याक्सवेल शीर्षस्थानमा रहेका छन् ।