नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा पदबाट राजीनामा

नेविसंघ अध्यक्ष नैनसिंह महरद्वारा पदबाट राजीनामा

काठमाडौँ, २८ माघ।नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

अध्यक्ष महरले सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन् ।महरले पार्टीको केन्द्रीय समितिमा नेविसंघबारे मतमतान्तर देखिएकाले आफूले अध्यक्षबाट राजीनामा दिएको बताए।नेविसंघको १२ औं महाधिवेशन निर्धारित समयमा सम्पन्न गराउन नसकेपछि महर नेतृत्वको कार्यसमिति आलोचित बन्दै आएको थियो ।

महाधिवेशनबाट निर्वाचित भएरआएको व्यक्ति भएकाले महाधिवेशन र स्ववियू निर्वाचन सम्पन्न गर्ने अर्जुन दृष्टि हुँदाहुँदै विधान अनुसार कार्यकाल समाप्त भइसकेको र यसबारे केन्द्रीय समिति विभाजित भएकाले पदमा बस्नुको अर्थ नदेखेर राजीनामा दिने निष्कर्षमा पुगेको बताएका छन्।

पत्रकार सम्मेलनपछि महरले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामाको पत्र बुझाएका छन्।प्रवक्ताका अनुसार महरको राजीनामा आजै स्वीकृत गरिएको छ।

हेर्नुस् राजीनामा पत्र: