चलचित्र ‘क्याप्टेन’ को प्रचारका लागी नेपालगन्ज पुगेका,अनमोललाई हेर्न २४ हजार दर्शक

चलचित्र ‘क्याप्टेन’ को प्रचारका लागी नेपालगन्ज पुगेका,अनमोललाई हेर्न २४ हजार दर्शक

काठमाडौँ, २८ माघ।फागुन १७ गतेबाट रिलिज हुने चलचित्र ‘क्याप्टेन’ को मोफसल प्रचारका लागी अनमोल केसी नेपालगन्ज पुगेका छन् ।

नेपालगन्जमा आयोजीत प्रथम प्रादेशीक औद्योगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एंव पर्यटक महोत्सव २०७५ खजुराका दर्शकमाझ अनमोलसहित क्याप्टेन निर्माण टिम पुगेको थियो ।अभिनेता केसीलाई नेपाल प्रहरी, सशत्र प्रहरी र रक्षक सेकुरेटी गार्ड कम्पनीका गार्डहरुको कडा सुरक्षा व्यवस्थाका साथ अनमोललाई मञ्चमा उकालिएको थियो । महोत्सवमा अभिनेता केसी आउने तय भएसँगै दर्शकले उनलाई महोत्सव स्थलमा लामो समयदेखि पर्खेर बसेका थिए ।

लामो प्रतिक्षा पश्चात अनमोललाई मञ्चमा पाएसँगै दर्शकले ताली, हुटिङले पुरै खजुराको माहोल तातेको थियो । महोत्सवको मञ्चमा अभिनेता केसी र दर्शकविच रिलिजको तयारीमा रहेको चलचित्र ‘क्याप्टेन’ का विषयमा सवाल जवाफ समेत भएको थियो । दर्शकले अनमोललाई ‘क्याप्टेन’ कहिले रिलिज हुन्छ ? भनेर सोधेका थिए ।उनले चलचित्र फागुन १७ गतेबाट प्रदर्शन हुने बताए । फेरी अनमोलले दर्शकलाई ‘क्याप्टेन’ कहिले रिलिज हुन्छ रे ? भनेर दर्शकलाई सोधेर उनले हजारौँ दर्शकमाझ चलचित्रको प्रचार प्रसार गरे । योसँगै दर्शकमाझ उनले क्याप्टेनको हिट गीत ‘रहर छ सँगै’ बोलको गीतमा डान्सका केही स्टेप देखाएका थिए ।

महोत्सवमा उपस्थीत दर्शकले थोरै समय भएपनि अनमोललाई हेर्न पाएकोमा खुशी व्यक्त गरे । उक्त महोत्सव समारोहमा सोमबार सदावहार अभिनेता भुवन केसी र अभिनेत्री निरुता सिंहको प्रस्तुती रहने छ ।