पानीजहाज कार्यालय फागुन ३ गतेदेखि सञ्चालनमा ल्याउने, सरकारको तयारी

पानीजहाज कार्यालय फागुन ३ गतेदेखि सञ्चालनमा ल्याउने, सरकारको तयारी

काठमाडौँ, २८ माघ । सरकारले आउँदो फागुन ३ गतेदेखि पानीजहाज कार्यालय सञ्चालनमा ल्याउने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत रहने गरी  कार्यालय स्थापना गर्न लागिएको हो ।पानी जहाज सञ्चालनका लागि ललितपुरको एकान्तकुनामा कार्यालय स्थापनाका लागि ठाउँ तय भएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिनुभयो ।

पानी जहाज सञ्चालनका लागि सरकारले २०७७ सालको चैत मसान्तसम्मका लागि कार्ययोजना बनाएको उहाँको भनाइ छ ।