शिक्षा नीतिमै समस्या: मुख्यमन्त्री भट्ट

शिक्षा नीतिमै समस्या: मुख्यमन्त्री भट्ट

लम्की, २७ माघ ।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिक्षा नीतिमै समस्या रहेको बताउनुभएको छ । कैलालीको टीकापुरस्थित कर्णाली माविको ३०औँ वार्षिकोत्सवमा उहाँले शिक्षाको गुणस्तर सुधार गर्न प्रदेश सरकार प्रयासरत रहेको बताउनुभयो ।

“गरीब जनताका छोराछोरी पढ्ने सामुदायिक विद्यालयको गुणस्तर बढाउन हामी प्रयास गरिरहेका छौँ । अझ त्यसमा पनि प्राविधिक शिक्षा अध्ययन गराउने विद्यालय पहिलो प्राथकितामा रहन्छन्”, मुख्यमन्त्री भट्टले भन्नुभयो ।नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का केन्द्रीय सदस्य रुपा चौधरीले प्राविधिक जस्ता विषयमा गरीब जनताका छोराछोरीले सहज रुपमा पढ्न पाउने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले कर्णाली माविले प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकाले शिक्षा नियमावली निर्माण गरिरहेको छ ।”

विद्यालयका अध्यक्ष खडक शाहले विद्यालयमा पूर्वाधार र भवन अभाव भएका कारण प्राविधिक शिक्षा सोचेजस्तो गुणस्तरीय हुन नसकेकाले सहयोग गर्न मुख्यमन्त्रीसँग आग्रह गर्नुभयो । कर्णाली माविमा प्राविधिक शिक्षातर्फ बालीविज्ञान र ओभरसियर अध्यापन गरिन्छ । अध्यक्ष शाहले प्राविधिक शिक्षा अध्ययन गर्न प्रयोगशालाका लागि चाहिने सामग्रीको अझै अभाव रहेको बताउनुभयो । कर्णालीमा चालू आवदेखि बालीविज्ञान र दुई वर्ष अघिदेखि ओभरसियरको अध्यापन गरिँदै आएको छ । रासस