आफ्नै राशिफलः माघ २८ गते, सोमबारको भाग्याफल

आफ्नै राशिफलः माघ २८ गते, सोमबारको भाग्याफल

माघ महिनाको २८ गते सोमबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य उत्तरायणमा छन् । हेमन्त ऋतु अन्तर्गत माघ शुक्लपक्षको षष्ठी तिथि विहान ११।१ बजेसम्म रहनेछ । यो महिनाका देवता माधव र मासदेवी रुक्मिणी हुन् । सूर्य मकर राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । अश्विनी नक्षत्र बेलुका ५।२३ बजेसम्म रहनेछ । आज शुभ योग र गर करण रहेको छ । यसैगरी आज सूर्योदय ६।४७ मा छ भने सूर्यास्त बेलुका ५।५१ बजे हुनेछ ।
चन्द्रमा आज मेष राशिमा छन् । आज स्कन्ध षष्ठी तिथि हो । आज कुमार कार्तिकेयको उपाशना शुभ रहन्छ । शिव पार्वतीपुत्र कुमार कार्तिकेयको उपासना गर्नाले सुख समृद्धि प्राप्त हुने शास्त्रमा उल्लेख पाइन्छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

मीष्ठान्न लाभ, मित्र सुखका साथै यात्राको योग देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

कार्य हानि, शत्रु भयका साथै कार्यमा कठिनाइ हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मित्र लाभ, काम बन्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पराक्रम बढ्ने, कार्य लाभका साथै आर्थिक उन्नति हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

श्रीवृद्धि, धन लाभका साथै कार्यमा उन्नति हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

खर्च बढ्ने, कार्य अवरोधका साथै आर्थिक उतारचढाव रहनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आर्थिक लाभ, कार्य प्राप्तिका साथै पारिवारिक सुख मिल्न्ेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

धन लाभ, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापार बढ्ने, काम बन्नुका साथै प्रियलाभ हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्य हानि, रोग बढ्नुका साथै आर्थिक उताचढाव रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार बढ्ने, कार्य लाभका साथै भौतिक वस्तुबाट लाभ रहनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मित्र लाभ, कीर्ति वृद्धिका साथै यात्राको योग देखिन्छ ।