पोखरा कप फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र दाउफिन्स खेल्दै

पोखरा कप फुटबल प्रतियोगिताको उपाधिका लागि एपिएफ र दाउफिन्स खेल्दै

एजेन्सी, २७ माघ । मनकामना केवलकार पोखरा कप प्रतियोगिताको उपाधिका लागि आज विभागीय एपीएफ र क्यामरुनको दाउफिन्स फेमेलिबीच प्रतिस्पर्धा हुँदैछ । खेल पोखरा रंगशालामा दिउँसो साँढे २ बजे हुनेछ ।

दुबै टिम मोफसलको प्रतियोगितामा पहिलो उपाधिको खोजिमा हुनेछन् । दुबै टोली पहिलो पटक मोफसलको प्रतियोगितामा फाइनल पुगेका हुन् । सहिद स्मारक लिग विजेता मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गरेको २४ घण्टा पनि वित्न नपाउँदै दाउफिन्स फाइनल खेल्न लागेको हो ।