सलमानले भने ‘म नेपाल आउँदै छु’ (हेर्नुहोस्)

सलमानले भने ‘म नेपाल आउँदै छु’ (हेर्नुहोस्)

बलिउडका चर्चित अभिनेता सलमान खान नेपाल आउने समाचार केही दिन अघि बाहिरिएको थियो । जुन खबरले सलमानका समर्थकहरु खुशीले गद्गद् भएका छन् ।नेपालमा सलमानलाई रुचाउनेको ठुलो जमात छ । कतिले सलमान आउने कुरा झुठो भएको समेत बताएका थिए । तर यति बेला सलमान आफैले आफू नेपाल आउन लागेको औपचारिक रूपमा जानकारी दिएका छन् । उनी अभिनित चलचित्रत्र ‘टाइगर जान्दा हे’को सेलिब्रेसन पार्टीमा सलमानले ‘बलिउड हंगामा’सँग कुरा गर्दै आफू नेपाल आउन लागेको बताएका छन् ।

‘दबंग द टुर नेपाल’का लागी उनी नेपाल आउन लागेका हुन् । जुन कार्यक्रम फागुन २६ गते शनिवार टुँडिखेलमा हुँदै छ । कार्यक्रमलाई ओडीसी इन्टरटेन्मेन्टले आयोजना गर्ने लागेको हो । बुझिए अनुसार कार्यक्रममा अभिनेत्री कैटरीना कफै पनि आउने छिन् । चलचित्र ‘टाइगर जान्दा हे’ सफल भएपछि उनी सलमानको साथमा नेपाल आउन लागेकी हुन् । सलमानसँग नेपाल बलिउडकी नायिका सोनाक्षी सिन्हा, अभिनेता, निर्देशक तथा कोरियोग्राफर प्रभु देव, ज्याकलिन फर्ना्न्डिज, डेजी शाह, कृति सेनोन, मित ब्रदर्श, अभिनेता तथा उद्घोषक मनिष पलपनि सहभागी हुनेछन् ।