काठमाडौंको चन्द्रागिरी हिउँले ढपक्कै, हाइकिङ रुट भने प्रभावित

काठमाडौंको चन्द्रागिरी हिउँले ढपक्कै, हाइकिङ रुट भने प्रभावित

चन्द्रागिरी। पश्चिमी वायुको प्रभावले शनिबार देशका अधिकांश भेगमा वर्षा भएसँगै राजधानीसहित देशका विभिन्न स्थानहरूमा हिमपात भएको छ।

काठमाडौंको चन्द्रागिरी हिउँले ढपक्कै भएको छ। चन्द्रागिरी डाँडामा हिउँ परेपछि त्यहाँ जानेको संख्या बढिरहेको चन्द्रागिरी हिल्स लिमिटेडले बताएको छ।

तर हाइकिङ जानेहरुलाई भने लगातारको बर्षाले प्रभावित गरेको छ। थानकोटबाट करिब २ घन्टाको हिडाईपछी चन्द्रागिरी पुग्न सकिन्छ। यो समयमा हाइकिङको लागी काठमाडौबाट नजिकको दुरीमा रहेको थानकोट-चन्द्रागिरी रुटलाई उत्कृष्ट हाइकिङ रुट मान्ने गरिन्छ। तर बिहिबारदेखि लगातार परेको पानीले बाटो हिलो तथा चिप्लो हुने भएकोले यो हप्ताको साथिहरु सङ्गको हाइकिङ प्लान प्रभावित भएको छ ।

काठमाडौं उपत्यका नजिकै रहेका डाँडा फुलचोकी, शिवपुरी, नगरकोटमा समेत हिउँ परेको छ। हिमपातसँगै काठमाडौं उपत्यकामा पनि चिसो बढेको महशुस भएको छ। त्यसैगरी गुल्मीकाे रेसुंगा र अर्जुन लेकमा पनि  हिमपात भएकाे छ ।