

आज वि.सं. २०७५ माघ २६ गते शनिबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०९ तारिख, आजको मूहुर्त : शुभविवाह, अग्निवास(होमादि), माघ शुक्लपक्षको चतुर्थी तिथि, बिहान ०९:२६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, उत्तराभाद्रा नक्षत्र, दिउँसो ०२:५१ बजेसम्म, त्यसपछि रेवती नक्षत्र, आजको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), सिद्धि योग, बिहान ०९:५९ बजेसम्म, त्यसपछि साध्य योग, सुरुमा विष्टि (भद्रा) करण बिहान ०९:२६ बजेसम्म, त्यसपछि बब करण बेलुका ०९:५९ बजेसम्म, अन्तिममा बालब करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:४९ बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : बिहान ०९:३४ देखि १०:५६ सम्म, यमघण्ट : दिउँसो ०१:४१ देखि ०३:०४ सम्म, गुलिक काल : बिहान ०६:४९ देखि ०८:११ सम्म ।
आजको वारवेला :– काल वारवेला : बिहान ०६:४९ देखि ०८:११ सम्म, साँझ ०४:२५ देखि ०७:२६ सम्म र मध्यरात्रीपछि ०५:१२ देखि ०६:४९ सम्म, लाभ वारवेला : दिउँसो ०१:४१ देखि ०३:०४ सम्म र बेलुका ०७:२६ देखि ०९:०४ सम्म, उद्वेग वारवेला : दिउँसो १०:५६ देखि १२:१९ सम्म र बेलुका ०९:०४ देखि १०:४१ सम्म, शुभ वारवेला : बिहान ०८:११ देखि ०९:३४ सम्म र बेलुका १०:४१ देखि १२:१९ सम्म, अमृत वारवेला : दिउँसो ०३:०४ देखि ०४:२६ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५६ सम्म, चर वारवेला : दिउँसो १२:१९ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३४ सम्म, रोग वारवेला : बिहान ०९:३४ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३४ देखि ०५:१२ सम्म, आज कतै यात्रा गर्ने उपयुक्त साइतको खोजीमा हुनुहुन्छ भने पुरुषको नेतृत्वमा पश्चिम र उत्तर दिशाको तथा स्त्रीको नेतृत्वमा ईशान (उत्तरपूर्व) र आग्नेय (दक्षिणपूर्व) दिशाको यात्रा शुभ हुन्छ । तर बाध्यतावश यात्रामा निस्कनै पर्ने छ भने पानी खाएर जुनसुकै दिशाको यात्रा गरेमा पनि शुभफल प्राप्त हुने विश्वास गरिन्छ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आर्थिक अस्थिरता रहनेछ, कार्य हानिका साथै शत्रु पक्ष सबल रहनेछन् ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
धन लाभ हुनेछ, मित्र सुखका साथै व्यवसायमा वृद्धि हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कीर्तिलाभ हुनेछ, काम बन्नुका साथै अध्ययनमा रुचि जाग्ने देखिन्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु पक्ष सबल रहनेछन्, कार्य अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै सामाजिक कार्यमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
गृह सुख मिल्नेछ, आर्थिक लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन लाभ हुनेछ, आर्थिक उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
स्वास्थ्यमा अस्थिरता रहनेछ, खर्च बढ्नुका साथै मनमा चपलता रहने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
कान्तिवृद्धि हुनेछ, आय बढ्नुका साथै सुखद् यात्राको योग देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
विद्या लाभ हुनेछ, धन वृद्धिका साथै बौद्धिक कार्यमा दिन व्यतित हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा वृद्धि हुनेछ, मित्र सुखका साथै अध्ययनमा सफलता मिल्ने देखिन्छ ।