

काठमाडौं, २५ माघ । सहिद स्मारक बी डिभिजन लिगमा झम्सिखेल युथ क्लबले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा झम्सिखेलले ब्वाईज युनियन क्लबलाई पराजित गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा झम्सिखेलका लागि मन कुमार तामाङले विजयी गोल गर्नुभयो । खेलको म्यान अफ दि म्याच झम्सिखेलका गोलकिपर सुभाष मगर घोषित हुनुभयो । उहाँले ५ हजार र मेडल प्राप्त गर्नुभयो ।