

माघ महिनाको २५ गते शुक्रबार हो । माघ २५ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०८ तारिख, आजको चाडपर्व र उत्सव : तिलकुन्द चौथी, आजको मूहुर्त : दीक्षाग्रहण, माघ शुक्लपक्षको तृतीया तिथि, बिहान ०७:५२ बजेसम्म, त्यसपछि चतुर्थी तिथि, पूर्वाभाद्रा नक्षत्र, दिउँसो १२:५३ बजेसम्म, त्यसपछि उत्तराभाद्रा नक्षत्र, आजको चन्द्रमा मीन राशिमा (अहोरात्र व्याप्त), शिव योग, बिहान ०९:५५ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा गर करण बिहान ०७:५३ बजेसम्म, त्यसपछि वणिज करण बेलुका ०८:४० बजेसम्म, अन्तिममा विष्टि (भद्रा) करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:४८ बजे, आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो १०:५६ देखि १२:१९ सम्म, यमघण्ट : दिउँसो ०३:०३ देखि ०४:२५ सम्म, गुलिक काल : बिहान ०८:१२ देखि ०९:३४ सम्म
आजको वारवेला :– चर वारवेला : बिहान ०६:५० देखि ०८:१२ सम्म, साँझ ०४:२५ देखि ०७:२५ सम्म र मध्यरात्रीपछि ०५:१२ देखि ०६:५० सम्म, रोग वारवेला : दिउँसो ०१:४१ देखि ०३:०३ सम्म र बेलुका ०७:२५ देखि ०९:०३ सम्म, काल वारवेला : दिउँसो १०:५६ देखि १२:१९ सम्म र बेलुका ०९:०३ देखि १०:४१ सम्म, लाभ वारवेला : बिहान ०८:१२ देखि ०९:३४ सम्म र बेलुका १०:४१ देखि १२:१९ सम्म, उद्वेग वारवेला : दिउँसो ०३:०३ देखि ०४:२५ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५६ सम्म, शुभ वारवेला : दिउँसो १२:१९ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:५६ देखि ०३:३४ सम्म, अमृत वारवेला : बिहान ०९:३४ देखि १०:५६ सम्म र मध्यरात्रीपछि ०३:३४ देखि ०५:१२ सम्म, आज शुक्रबार इन्द्रायणी भगवतीको उपासनासँगै सेता वस्तुको प्रयोग शुभ रहनेछ ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्यमा अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै मनमा अस्थिरता रहनसक्ने देखिन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रसुख मिल्नेछ, धन प्राप्तिका साथै दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आर्थिक लाभ हुनेछ, काम बन्नुका साथै पारिवारिक सुख मिल्ने देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मित्र सहयोग मिल्नेछ, कार्य लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रु पक्ष सबल रहनेछन्, खर्च बढ्नुका साथै प्रेममा अस्थिरता रहनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कान्ति वृद्धि हुनेछ, धन प्राप्तिका साथै सामाजिक कार्यमा मन जानेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
शत्रु परास्त हुनेछन्, बौद्धिक उन्नयनका साथै दाम्पत्य जीवन सुखद रहने देखिन्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सोचाइमा परिवर्तन आउनेछ, मनमा उत्साह छाउनुका साथै प्रेम जीवन सुखद् रहने देखिन्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आर्थिक अस्थिरता रहनेछ, कार्य अवरोधका साथै दिन संघर्षमय रहने देखिन्छ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
व्यापारमा वृद्धि हुनेछ, आर्थिक लाभका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै मित्रसुख रहने देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आर्थिक लाभ ह्ुनेछ, काम बन्नुका साथै सुखद् यात्राको योग पनि देखिन्छ ।