काठमाडौं, २४ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयला प्रकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अभिव्यक्तिप्रति जनाउनु भएको असन्तुष्टिलाई खण्डन गर्नुभएको छ ।
अध्यक्ष दाहालले आज चितवन पुगेर प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति असन्तुष्टी जनाउँदै आफ्नो विज्ञप्तिकै मर्म अनुसार नेपाल सरकार र पार्टी सचिवालयले पनि विज्ञप्ति निकालेको भन्दै त्यसमा कुनै विवाद गर्नु नपर्ने बताउनुभयो ।
नेकपाको सचिवालय बैठकले समेत कुनै पनि देशमा बाह्य हस्तक्षेप हुन नहुने र कुनै समस्या देखिए त्यहीँका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने यसअघि नै निर्णय गरेको थियो ।
यही माघ ११ गते नेकपाका अध्यक्ष दाहालले एक विज्ञप्ती जारी गरेर भेनेजुयलामा अमेरिकाको हस्तक्षेप गरेको भन्दै विरोध गर्नुभएको थियो ।