सन् २०१९ को जुनमा हङकङमा ‘एभेरेष्ट फिल्म अवार्ड’ हुँदै

सन् २०१९ को जुनमा हङकङमा ‘एभेरेष्ट फिल्म अवार्ड’ हुँदै

काठमाडौँ, २४ माघ ।सन् २०१९ को जुनमा हङकङमा ‘एभेरेष्ट इन्टरनेशनल फिल्म अवार्ड’ हुने भएको छ । बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अवार्डको बारेमा जानकारी गराइयो ।

एभरेष्ट इन्टरटेन्मेन्ट प्राइभेट लिमिटेडले २० विधामा पपुलर अवार्ड प्रदान गरिने आयोजक मध्येका एक लोकराज लिम्बुले जानकारी दिए । अवार्ड समारोहमा एक फिल्मकर्मीलाई लाइफ टाइम अचिभमेन्टद्वारा सम्मान पनि गरिनेछ ।३ हजार ५ सय दर्शक क्षमता रहेको हङकङको वानचाई स्थित ‘क्विन एलिजावेथ स्टेडियम हल’ मा उक्त अवार्ड आयोजना हुनेछ । आउँदो मार्चमा नोमिनेशन सर्वाजनिक गर्दै अवार्ड हुने डेट पनि सार्वजनिक गरिनेछ ।

नेपालमा संगीक्षा फिल्म्स प्रा.लिको तर्फबाट अध्यक्ष मनोज केसीले अवार्ड कार्यक्रमको संयोजन गर्नेछन् । नेपालबाट ६० जना बढी कलाकार, प्राविधिक, पत्रकारको टोलीको सहभागीता रहने अवार्डमा आउने जाने र बस्ने खर्च अवार्ड आयोजकले नै बेहोर्ने मनोज केसीले बताए । फर्म समेत निशुल्क रहेको बताइएको छ ।