आफूले चाहेबमोेजिमको फैसला नआएको झोकमा प्रधानन्यायाधीश र न्यायपालिकामाथि धावा बोल्दै आमरण अनसनमा बसेका त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा गोविन्द केसीलाई अनसन रोक्न नेपाल बार एशोसिएशनले आग्रह गरेकोे छ।
चिकित्सा शिक्षा अध्ययन संस्थानमा तत्कालिन डिन डा. शशी शर्माको पुर्नबहालीकोे विषयलाई लिएर अदालत र डा. केसीबीच चलेकोे जुहारीको एक हप्तासम्म मुकदर्शक भएर रमिते बनेकोे वकिलहरुको साझा संस्था नेपाल बार एशोसिएशनले शुक्रबार मात्रै मुख खोल्दै यस्तो आग्रह गरेको होे।
बारको तर्फंबाट महासचिव खम्बबहादुर खातीद्धारा जारी गरिएको प्रेस विज्ञप्तिमा अदालतको आदेशलाई सबैले पालना गर्नु पर्ने भन्दै बारले अदालतको आदेश वा फैसलालाई लिएर स्वच्छ टिकाटिप्पणी मात्र नगरी व्यक्तिगत लान्छना लगाउने, अशिष्ट भाषा प्रयोग गर्नु गलत भएको उल्लेख छ।
डा. केसीले प्रधानन्यायाधीश विरुद्धको अभियान चर्काउनु पूर्व व्यक्त गरेको सार्वजनिक टिप्पणीप्रति लक्षित गर्दै बारले भनेको छ, ‘आफ्नो अनुकुलतामा फैसला आदेश नभए प्रधानन्यायाधीशको राजीनामा माग गर्ने, माग पुरा नहुन्जेलसम्म आमरण अनसन जारी राख्ने जस्ता विषयबस्तुले प्रश्रय पाउने हो भने र त्यसलाई अन्य पक्षले समर्थन गर्दै अगाडि बढ्ने हो भने कुन विषयबस्तु कुन ठाउँमा उठाउने, कसले उठाउने र उपचार पाउने माध्यम के हो भन्ने विषयमा जटिलता मात्र देखिने नभई गलत प्रक्रिया र पद्दतीको विकास हुनेतर्फ ध्यानाकर्षण गराइन्छ।’
कुनै पनि न्यायाधीशले गरेको फैसलामा चित्त नबुझे त्यस्ता न्यायाधीशविरुद्ध न्याय परिषदमा उजुरी गर्नु पर्ने कानुनी व्यवस्था स्मरण गराउँदै बारले त्यस्तो उजुरी उपर न्याय परिषद्ले अध्ययन गर्ने बताउँदै भनेको छ, ‘उक्त कानुनी व्यवस्थाको परिपालना गरी स्वतज्ध न्यायपालिकाको गरिमा कायम राख्न अनुरोध गरिन्छ।’
प्रधानन्यायाधीश गोपाल पराजुलीको नाम उल्लेख नगरी उनकोे पक्षमा देखिएकोे बार एशोसिएसनले डा केसीलाई साधारण तारेखमा रिहा गर्ने आदेशको भने स्वागत गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘सबै प्रकारको दबाव र प्रभाव स्वतन्त्र न्यायपालिकाका लागि अशोभनीय हुने हुँदा यस प्रकारका कार्य नगर्न अपील गर्दछ।’