आफ्नै फलादेशः माघ २४ गते, बिहीबारको राशिफल

आफ्नै फलादेशः माघ २४ गते, बिहीबारको राशिफल

२०७५ साल माघ महिनाको २४ गते बिहीबार हो । ई. सं. २०१९ फेब्रुवरी ०७ तारिख, आजको मूहुर्त : अन्नप्राशन(पास्नी), चूडाकर्म(छेवर), डेरा सर्ने, दीक्षाग्रहण, माघ शुक्लपक्षको तृतीया तिथि, (अहोरात्र व्याप्त) , शतभिषा नक्षत्र, दिउँसो १०:३७ बजेसम्म, त्यसपछि पूर्वाभाद्रा नक्षत्र, आजको चन्द्रमा कुम्भ राशिमा, मध्यरात्रीपछि ०६:२२ बजेसम्म, त्यसपछि मीन राशिमा, परिघ योग, बिहान ०९:३९ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा तैतिल करण साँझ ०६:५७ बजेसम्म, त्यसपछि गर करण मध्यरात्रीपछि ०७:५४ बजेसम्म, अन्तिममा वणिज करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५० बजे र सूर्यास्त : साँझ ०५:४७ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : दिउँसो ०१:४१ देखि ०३:०३ सम्म, यमघण्ट : बिहान ०६:५० देखि ०८:१२ सम्म, गुलिक काल : बिहान ०९:३४ देखि १०:५७ सम्म, भोलिको वारवेला :–, शुभ वारवेला : बिहान ०६:५० देखि ०८:१२ सम्म, साँझ ०४:२४ देखि ०७:२५ सम्म र मध्यरात्रीपछि ०५:१३ देखि ०६:५० सम्म, अमृत वारवेला : दिउँसो ०१:४१ देखि ०३:०३ सम्म र बेलुका ०७:२५ देखि ०९:०३ सम्म, चर वारवेला : दिउँसो १०:५७ देखि १२:१९ सम्म र बेलुका ०९:०३ देखि १०:४१ सम्म, रोग वारवेला : बिहान ०८:१२ देखि ०९:३४ सम्म र बेलुका १०:४१ देखि १२:१९ सम्म, काल वारवेला : दिउँसो ०३:०३ देखि ०४:२५ सम्म र मध्यरात्रीपछि १२:१९ देखि ०१:५७ सम्म, लाभ वारवेला : दिउँसो १२:१९ देखि ०१:४१ सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३४ सम्म, उद्वेग वारवेला : बिहान ०९:३४ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३४ देखि ०५:१३ सम्म, आज भगवतीको उपासना शुभ रहनेछ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
प्राविधिक कार्यमा मन जानेछ, आय बढ्नुका साथै कर्मप्राप्तिको योग देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मित्रसुख मिल्नेछ, धन प्राप्तिका साथै दुर्गा भगवतीको उपासना शुभ रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकस्मिक लाभ हुनेछ, आर्थिक लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
शारीरिक आलश्यता रहनेछ, अग्निजन्य वस्तुबाट भयका साथै कार्यमा कठिनाइ आउन सक्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
बौद्धिक कार्यमा मन जानेछ, धन लाभका साथै सुखद् यात्राका योग देखिन्छन् ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
शत्रु पराजित हुनेछन्, मनमा उत्साह छाउनुका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
प्रेम जीवन सुखद् रहनेछ, व्यवसायमा वृद्धिका साथै आय आर्जनका अवसर पनि प्राप्त हुनेछन् ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वित्तीय स्थिरता रहनेछ, शत्रु सबल रहनुका साथै मौसम प्रतिकूल रहनसक्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तर्कशक्तिको विकास हुनेछ, कार्य लाभका साथै व्यवसायमा वृद्धि हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पारिवारिक सुख मिल्नेछ, धन लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पराक्रम बढ्नेछ, कार्य अवसर प्राप्तिका साथै अध्ययनमा सफलता मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बोलीमा विकार रहनेछ, शत्रु हानिका साथै आर्थिक अस्थिरता पनि रहनसक्ने देखिन्छ ।