नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत गए

नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत गए

काठमाडौं, २२ माघ । नेपाली राष्ट्रिय महिला फुटबल टोली भारत प्रस्थान गरेको छ । झापामा पाँच दिन ‘क्लोज क्याम्प’ सकाएर नेपाली टिम आज भारतको भुवनेश्वर प्रस्थान गरेको हो ।

हिरो महिला गोल्डकप प्रतियोगिताका लागि महिला टोलीले झापाको चन्द्रगढीस्थित मेची रंगशालामा ५ दिने क्लोज क्याम्प गरेका थियो । प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंकाले प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगिता माघ २३ देखि फागुन ५ गतेसम्म आयोजना हुनेछ । नेपालले पहिलो खेल माघ २६ गते म्यानमारसंग खेल्ने छ । यस्तै दोस्रो खेलमा माघ २८ गते भारतसंग खेल्ने छ ।