काठमाडौं । बैंकमा जागिर गर्ने सोच बनाउनेहरुका लागि खुशीको खबर छ । मेगा बैंक नेपालले विभिन्न पदमा कर्मचारीको माग गरेको छ । बैंकले एक सूचना जारी गर्दै मेनेजर लेभलमा ६ जना, अफिसर लेभलमा ४२ जना र सहायक लेभलमा ५७ जना गरी जम्मा १०५ जना कर्मचारी माग गरेको हो ।