काठमाडौँ- शुक्रबार तय गरिएको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख नियुक्ति तथा अस्थायी केन्द्र तोक्ने भएको छ। प्रधानमन्त्री निकट स्रोतका अनुसार मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नाम तय गर्नेछ। यसैवीच, आजको बैठकले अन्य महत्वपुर्ण नियुक्ति तथा सरुवा–बढुवा समेत गर्ने तयारी गरेको बुझिएको छ ।
प्रदेश प्रमुख नहुँदा प्रदेशसभाको समानुपातिक निर्वाचनको मतपरिणाम बुझाउन ढिलाइ भइरहदा सरकारले प्रमुख सिफारिसको प्रक्रिया भने अझै पूरा गरेको छैन। प्रदेश प्रमुख चयनमा भइरहेको ढिलाइले राष्ट्रियसभा निर्वाचन प्रभावित हुने भए पनि गृहकार्य नपुगेको भन्दै प्रदेश प्रमुख सिफारिस गर्न सकेको छैन।
प्रदेश प्रमुख नहुँदा प्रदेश सरकार गठनमा ढिलाइ तथा प्रदेशसभा सदस्यको शपथ प्रक्रिया पनि रोकिएको छ। दलीय परामर्श पूरा नभएको भन्दै सरकारले सिफारिस प्रक्रिया अघि बढाउन सकेको छैन।