२१ माघ, काठमाडौं । नेपाली क्रिकेट टोली स्वदेश फर्किएको छ।
यूएईविरुद्ध एकदिवसीय र टी-२० सिरिज जितेर नेपाली टोली स्वदेश फर्किएको हो। उनीहरुलाई विमानस्थलमा रातो कार्पेट बिछ्याएर स्वागत गरिएको थियो।यसको प्रवन्ध राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गरेको हो ।नेपालले एकदिवशीय र टीट्वेन्टीमा पहिलो पटक शृंखला जितेको हो।ऐतिहासिक सफलता हात पारेको नेपाली टोलीलाई स्वागत गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष पिताम्बर तिमल्सिनालगायतको उपस्थिती रहेको थियो।