नेपाललाई ऐतिहासिक टी-ट्वान्टी सिरिज, यूएई १४ रनले पराजित

नेपाललाई ऐतिहासिक टी-ट्वान्टी सिरिज, यूएई १४ रनले पराजित

एजे यूएईविरुद्धको टी–२० सिरिज नेपालले जितेको छ । तेस्रो तथा अन्तिम टी–२० मा १४ रनको जित निकाल्दै नेपालले सिरिज २–१ ले आफ्नो पक्षमा पार्न सफल भएको हो ।

आज दुवईमा पानी परेपछि १० ओभरमा झारिएको खेलमा नेपालले टस हारेर पहिला ब्याटिङ गरेको थियो । सुरुआत त्यति राम्रो गर्न नसकेको नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रनको सानदार पारि खेल्यो ।

आजको इनिङमा तीन बल खेलेका पवन खातानै खोल्न नसकि आउट भए । त्यसपछि क्रिजमा आएका ज्ञानेन्द्र मल्लले ९ बल खेल्दा २ चौकाको मद्दतले ११ रन जोडे । दीपेन्द्रसिंह ऐरी आज भने चल्न सकेनन् । दोस्रो टी–२० मा उत्कृष्ट पारी खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने २ रन जोडेर फर्किए ।

२१ रन बनाउँदा दीपेन्द्र आउट भएपछि पारस र सन्दीप जोराल नेपालको इनिङ उकासेका थिए । आक्रामक ब्याटिङ गरेका पारस १४ बलमा ४ चौका र १ छक्काको मद्दतले २९ रन जोडे । पारस आउट भएपछि क्रिजमा आएका विनोद भण्डारी र जोराले पनि दुवै तर्फबाट आक्रामक पारि खेलेका थिए । सन्दीपले ११ बलमा तीन छक्काको मद्दतले २८ रन बनाए । विनोद भण्डारीले १३ बलमा २१ रन बनाउँदा २ चौका र एक छक्का प्रहार गरे । पाँच बलमा करण केसील १० रनको योगदान गर्दा नेपालले निर्धारित ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाउन सफल भयो ।

यूएईका सुल्तान अहमद र मोहमद नाभिदले दुई दुई विकेट लिए । १०५ रनको लक्ष्य पछ्याएको यूएईले सुरुआत राम्रो गरेको थियो । पहिलो विकेटका लागि २९ रनमो पहिलो विकेट गुमाएको थियो । पहिलो ओभरमै सन्दीप लामिछानेले २० रन खर्चदा नेपाल दवावमा परेको थियो ।

दोस्रो ओभरको अन्तिम बलमा सोमपाल कामीले नेपालाई पहिलो सफलता दिलाएका थिए । टिमको स्कोर ५७ पुग्दा गुलाम शैबर आउट भए । आक्रामक व्याटिङ गरेका शैबरको व्यक्तिगत २५ रन हुँदा अभिनास बोहराको बलिङमा बोल्ड हुन पुगे ।

तेस्रो सफलता सन्दीप लामिछानेले दिलाएका थिए । उनले मोहमद उस्मानलाई २ रनमा सन्दीप जोराको हातबाट क्याच आउट गरे । ३० रन बनाएरु खेलीरहेका शाइमान अनवारलाई अभिनास बोहराले आउट गर्दा यूएईले टीमको स्कोर ७२ पुर्याएको थियो । करण केसीलेनै मोहमद नाभिदलाई आउट गरे । सातौं सफलताको रुपमा ललितनारायण राजबंशीले सिपी रिजवानलाई आउट गरेका थिए । यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्याे ।

नेपालका लागि करण केसी, ललितनारायण राजबंशी र अभिनास बोहराले दुई दुई विकेट लिँदा सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए । याे खबर नेप्लेजबाट लिएका हाैं ।