तपाईंको साप्ताहिक राशिफलः माघ २० देखि २६ गतेसम्मको फलादेश

तपाईंको साप्ताहिक राशिफलः माघ २० देखि २६ गतेसम्मको फलादेश

माघ २० गते आइतबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०३ तारिख, आजको चाडपर्व र उत्सव : लैचह्रे पूजा, आजको मूहुर्त : अग्निवास(होमादि), दैलो राख्ने, माघ कृष्णपक्षको चतुर्दशी तिथि, मध्यरात्रीपूर्व ११:४४ बजेसम्म, त्यसपछि अमावस्या तिथि, उत्तराषाढा नक्षत्र, मध्यरात्रीपछि ०३:०० बजेसम्म, त्यसपछि श्रवण नक्षत्र, आजको चन्द्रमा धनु राशिमा, बिहान ०७:११ बजेसम्म, त्यसपछि मकर राशिमा, वज्र योग, बिहान ०७:४९ बजेसम्म, त्यसपछि सिद्धि योग, सुरुमा विष्टि (भद्रा) करण दिउँसो १०:४६ बजेसम्म, त्यसपछि शकुनि करण मध्यरात्रीपूर्व ११:४५ बजेसम्म, अन्तिममा चतुष्पाद करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५३ बजे र सूर्यास्त : साँझ ०५:४४ बजे

आजको राहु काल, यमघण्ट र गुलिक काल :– राहु काल : साँझ ०४:२२ देखि ०५:४३ सम्म, यमघण्ट : दिउँसो १२:१८ देखि ०१:४० सम्म, गुलिक काल : दिउँसो ०३:०१ देखि ०४:२२ सम्म, आजको वारवेला :– उद्वेग वारवेला : बिहान ०६:५३ देखि ०८:१४ सम्म, साँझ ०४:२२ देखि ०७:२२ सम्म र मध्यरात्रीपछि ०५:१४ देखि ०६:५३ सम्म, शुभ वारवेला : दिउँसो ०१:४० देखि ०३:०१ सम्म र बेलुका ०७:२२ देखि ०९:०१ सम्म, अमृत वारवेला : दिउँसो १०:५७ देखि १२:१८ सम्म र बेलुका ०९:०१ देखि १०:४० सम्म, चर वारवेला : बिहान ०८:१४ देखि ०९:३५ सम्म र बेलुका १०:४० देखि १२:१८ सम्म, रोग वारवेला : दिउँसो ०३:०१ देखि ०४:२२ सम्म र मध्यरात्रीपछि १२:१८ देखि ०१:५७ सम्म, काल वारवेला : दिउँसो १२:१८ देखि ०१:४० सम्म र मध्यरात्रीपछि ०१:५७ देखि ०३:३५ सम्म, लाभ वारवेला : बिहान ०९:३५ देखि १०:५७ सम्म र मध्यरात्रीपछि ०३:३५ देखि ०५:१४ सम्म ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
साता अर्थकरी रहनेछ । धन बढ्नुका साथै आय आर्जनका अवसरहरू पनि मिल्ने छन् । पारिवारिक साथ सहयोग मिल्नुका साथै सुखद् यात्राका अवसर पनि देखिन्छन् । कला सािहत्यका क्षेत्रमा विशेष अभिरुचि हुनेछ । शत्रु निर्वल देखिन्छन् । बिहीबारबाट कार्यमा अवरोध आउनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने देखिन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
साता उत्तम फलदायी हुनेछ । सोचेका काम पूरा हुने छन् । नयाँ कार्यको अवसर पनि प्राप्त हुने देखिन्छ । मित्रजनको साथ सहयोग मिल्नुका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुनेछ । भू–धन वृद्धिकरी रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साताको उत्तरार्ध विशेष फलदायी हुनेछ । साताको आरम्भमा केही कार्य अवरोध हुनुका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहन सक्ने छ । मंगलबारबाट कार्यमा सुधार हुँदै जनेछ । अध्ययनको क्षेत्र मध्यम फलदायी देखिन्छ । कला मनोरञ्जनका क्षेत्रमा विशेष अभिरुचि हुनेछ । आमदानीका स्रोत पनि बढ्दै जाने देखिन्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
साता मध्यम फलदायी रहने देखिन्छ । सोचेका काम बन्ने छन् । भू–धनबाट विशेष लाभ हुनेछ । पराक्रम बढ्नुका साथै आर्थिक उन्नति हुनेछ । धनको क्षेत्र सबल देखिन्छ । कीर्ति वृद्धिका साथै धन लाभका अवसर पनि प्राप्त हुनेछन् । भौतिक वस्तु लाभदायी रहनेछन् । मंगलबार र बुधबार स्वास्थ्यमा प्रतिकूलता रहनुका साथै खर्च बढ्ने सक्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साता उन्नतिकारक रहनेछ । सोचेका काम बन्ने छन् । अध्ययनमा रुचि जाग्नुका साथै व्यापार व्यवसायबाट पनि विशेष लाभ हुनेछ । धनको क्षेत्र सबल छ । पारिवारिक सुख मिल्ने देखिन्छ । कार्य गर्ने नयाँ ऊर्जा प्राप्त हुनेछ । स्वास्थ्यको क्षेत्र सबल छ । कर्म स्थान बलियो रहेकाले कार्यमा उन्नति हुने योग देखिन्छ । विहीबारबाट भने कार्यमा अस्थिरता रहनसक्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
साता उत्तम फलदायी रहनेछ । कर्म क्षेत्र बलवान् छ । सोचेका काम बन्नुका साथै आर्थिक वृद्धि हुनेछ । आय आर्जनका स्रोत बढ्नेछन् । साहित्यिक कार्यमा विशेष अभिरुचि रहनेछ । धार्मिक सामाजिक मान सम्मान प्राप्तिका योग देखिन्छन् । पदोन्नतिका साथै सुखद् यात्राका अवसर पनि मिल्ने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

साता मध्यम फलदायी रहनेछ । साताको आरम्भमा कर्य अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनेछ । मंगलबारबाट क्रमशः कार्य एवं स्वास्थ्यमा सुधार हुँदै जाने देखिन्छ । व्यापार व्यवसायमा वृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सुखद् यात्राका योग पनि देखिन्छन् । कर्म क्षेत्र सबल देखिन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
साता फलदायी रहनेछ । आर्थिक वृृद्धि हुनुका साथै व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । धार्मिक सामाजिक कार्यमा रुचि जाग्नुका साथै मान सम्मानका योग पनि देखिन्छन् । मित्र जनको साथ सहयोगले कार्यमा उल्लेख्य प्रगति हुनेछ । स्वास्थ्यको क्षेत्र सबल रहनेछ । प्रेममा सफलता मिल्ने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
साता मध्यम फलदायी रहनेछ । सोमबारसम्म कार्यमा अवरोध रहनुका साथै खर्चमा वृद्धि हुने देखिन्छ । सो पश्चात्को समय भने शुभ फलदायी रहनेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सुखद् यात्राका अवसर मिल्ने देखिन्छ । भू–धनबाट विशेष लाभ हुनेछ । कृषि कर्मबाट रुचि जाग्नुका साथै विशेष उन्नति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
साता उत्तम फलदायी रहनेछ । कार्यमा उन्नति हुनुका साथै यात्राका अवसर पनि मिल्नेछन् । आफन्त जनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ । कीर्ति वृद्धिका साथै सामाजिक मान सम्मान मिल्ने देखिन्छ । कला साहित्यका क्षेत्रबाट पनि उल्लेख्य प्रगति हुनेछ । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । आर्थिक दृष्टिले साता उत्तम फलदायी रहनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
साता उन्नतिकारक रहनेछ । मित्र लाभका साथै अध्ययनमा रुचि जाग्नेछ । आर्थिक उन्नतिका योग देखिन्छन् । पारिवारिक साथ सहयोग प्राप्त हुनेछ । मित्रजनको साथ सहयोग विशेष रहने देखिन्छ । व्यवसाय वृद्धिदायी रहनेछ । अध्ययनमा रुचि जाग्नुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अन्य क्षेत्र मध्यम फलदायी रहने देखिन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साता उन्नतिकारक रहनेछ । मित्रजनको साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । अध्ययनको क्षेत्र मध्यम फलदायी रहनेछ । शत्रु निस्तेज हुनेछन् । व्यापार व्यवसायबाट विशेष लाभ हुनेछ । कार्य लाभका साथै सुखद् यात्राका अवसर पनि मिल्नेछन् । बुध र विहीबार खर्चमा वृद्धि हुने देखिन्छ ।