अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु

अमेरिकामा चिसोका कारण २१ जनाको मृत्यु

एजेन्सी । अमेरिकामा अत्याधिक चिसोका कारण आज सम्म २१ जनाको मृत्यु भएको छ । अमेरिकाको मध्य पश्चिमी क्षेत्रमा दशकौं यताकै चिसोको कारण हाल सम्म कम्तिमा २१ जनाको मृत्यु भएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन् ।

अमेरिकाको कूल जनसंख्याको एक तिहाई मानिस अहिले माइनस १७ डिग्रीभन्दा कमको तापक्रम भएको क्षेत्रमा छन् ।

चिसोका कारण लाखौ नागरिक प्रभावित भएका छन् । कतिपय क्षेत्रको तापक्रम माइनस ४६ डिग्रीसम्म पुगेको र चिसोका कारण अधिकांश क्षेत्रमा हिउँ जमेको छ ।