

काठमाडौँ, १८ माघ । टी–ट्वेन्टी शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई चार विकेटले हराएको छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेलमा भने युएईमाथी जित निकालेको हो ।
युएईले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरे पनि अन्तिम ओभरमा ३ बल बाँकी छदै जित निकाल्न सकेको हो । चार बलमा एक रन चाहिएको अवस्थामा दिपेन्द्रसिंह ऐरीले चौका हानेपछि नेपालले जित पक्का गरेको हो । ऐरीले अन्तिम दुई बलमा छक्का र चौका हान्दै नेपालको जित पक्का गरे ।
युएईविरुद्ध नेपालले पहिलो ओभरमै ओपनर तथा कप्तान पारस खड्कालाई सुन्य रनमा गुमाएको थियो । यस्तै प्रदिप ऐरीलाई ८, उपकप्तान ज्ञानेन्द्र मल्ललाई ७ र सन्दीप जोरालाई सुन्य रनमा गुमाएको थियो ।
तर, दिपेन्द्र र पवनले उत्कृष्ट साझेदारी गर्दै नेपाललाई जित दिलाए । छैटौं विकेटका लागि दिपेन्द्र र पवनले ५५ रनको साझेदारी गरेका थिए । युएईका लागि सुल्तान अहमेदले २ विकेट लिए । यस्तै मोहमद नाभिद,अमिर हायत र इमरान हेदर र जाहोर खानले एक एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा अलआउट हुँदै १०७ रन बनाएको थियो । नेपालको बलर चम्किएको खेलमा युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाईमन अनवरले १४ तथा मोहमद बोताले ११ रन बनाए । युएईका ६ ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
युएईलाई सस्तैमा समेट्न नेपालका अविनास बोहराले ३ विकेट लिए । सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले २/२ विकेट लिए ।
यो जितसंगै नेपालले घरेलु टोलीविरुद्धको तीन खेलको टी-ट्वान्टी सिरिजमा १-१ को बराबरी गरेको छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । अब नेपालले आइतबार घरेलु टोलीसंग अन्तिम तथा तेस्रो टी-ट्वान्टी खेल खेल्नेछ ।