तपाईंकै राशिफलः माघ १८ गते, शुक्रबारको फलादेश

तपाईंकै राशिफलः माघ १८ गते, शुक्रबारको फलादेश

 २०७५ माघ १८ गते शुक्रबार तदनुसार ई. सं. २०१९ फेब्रुवरी ०१ तारिख,भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), पुराणश्रवण, कलशचक्र,  माघ कृष्णपक्षको द्वादशी तिथि, बेलुका ०८:३८ बजेसम्म, त्यसपछि त्रयोदशी तिथि, मूल नक्षत्र, बेलुका १०:५० बजेसम्म, त्यसपछि पूर्वाषाढा नक्षत्र, चन्द्रमा धनु राशिमा (अहोरात्र व्याप्त), व्याघात योग, बिहान ०८:०४ बजेसम्म, त्यसपछि हर्षण योग, सुरुमा कौलव करण बिहान ०८:०२ बजेसम्म, त्यसपछि तैतिल करण बेलुका ०८:३८ बजेसम्म, अन्तिममा गर करण, काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०६:५४ बजे र सूर्यास्त : साँझ ०५:४२ बजे भोलिको राहु काल, यमघण्ट र गुलिक काल :–  राहु काल : दिउँसो १०:५७ देखि १२:१८ सम्म यमघण्ट : दिउँसो ०३:०० देखि ०४:२१ सम्म गुलिक काल : बिहान ०८:१५ देखि ०९:३६ सम्म

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 

मनमा प्रशन्नता रहनेछ, कार्य लाभका साथै सुखद् यात्राका योग पनि देखिन्छन् ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

शत्रु पक्ष सबल रहनेछन्, कार्यमा अस्थिरताका साथै खर्चमा वृद्धि हुने देखिन्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) 

आर्थिक लाभ हुनेछ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यवसायमा वृद्धि हुनेछ, कार्य लाभका साथै आर्थिक उन्नतिको योग देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

पराक्रम बढ्नेछ, मित्र लाभका साथै सामाजिक कार्यमा रुचि जाग्ने देखिन्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

कार्यमा अवरोध रहन सक्नेछ, खर्च बढ्नुका साथै मनमा चञ्लता छाउने देखिन्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

व्यापारमा वृद्धि हुनेछ, कार्य लाभका साथै अध्ययनमा मन जानेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

आय बढ्नेछ, भौतिक वस्तुबाट लाभका साथै मनमा उत्साह छाउने देखिन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

मीष्ठान्न प्राप्ति हुनेछ, आर्थिक उन्नतिका साथै कार्यमा उन्नति हुने देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

कार्यमा अवरोध रहनेछ, खर्च बढ्नुका साथै कार्यमा कठिनाई झेल्नु पर्ने देखिन्छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) 

व्यवसायमा वृद्धि हुनेछ, कार्यमा उन्नतिका साथै धातुजन्य वस्तु लाभदायी रहनेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

अध्ययनमा रुचि जाग्नेछ, कार्य लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।